Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पोखरामा हराएको १९औँ दिनमा मोटरसाइकल भेटियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २५, पोखरा | फलेवास गाउँपालिका– १ घर भई हाल पृथ्वीचोक बस्दै आएका शेषकान्त शर्माको मोटरसाइकल १९ दिनमा भेटिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका –२५ हेमजा मिलनचोकमा बेवारिसे अवस्थामा पार्किङ गरेको ग१३प ७१५६ नं को १८० सिसीको पल्सर मोटरसाइकल वडा प्रहरी कार्यालय बगरको टोलीले फेला पारेको प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

फेला परेको मोटरसाइकल प्रहरीले आज उक्त मोटरसाइकलका धनीलाई बुझाएको हो ।

उन्नाइस दिनअघि पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीलाई खाना खुवाएर फर्कंदा आधा घण्टाको समयावधिमा पार्किङस्थलबाटै मोटरसाइकल हराएको थियो ।

केही दिनअघि पनि पोखरा– २५ मा नै बगर प्रहरीले फेला पारेको ग१४प ५५६५ नं को पल्सर मोटरसाइकल सवारी धनी सञ्जोग थापा मगरलाई बुझाइएको प्रहरी नायब निरीक्षक नरेन्द्रजङ्ग कार्कीले जानकारी दिनुभयो ।(रासस)