Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

डोल्पामा लागुऔषध र मदिरा रोक्न बिद्यार्थि र प्रहरी सक्रिय

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेकबहादुर शाही/असार ५, डोल्पा | डोल्पाको सदरमुकाम दुनैमा लागुऔष तथा मदिरा नियन्त्रणका लागि बिद्यार्थि र प्रहरी सक्रिय भएका छन । जिल्ला सदरमुकाममा भइरहेका अबैध मदिरा बिक्री बितरण तथा द्रुब्यसनलाइ रोक्न बिद्यार्थि र प्रहरी सक्रिय भएका हुन ।

लागु औषध तथा मदिरा द्रुब्यसनि सम्बन्धी सप्ताहव्यापि कार्यक्रम अनुसार लागु औषध निषेध र मदिरा नियन्त्रण बिरोधको र्यलाी प्रर्दशन गरिएको छ । बिद्यार्थि र प्रहरी तथा कर्मचारीहरुको उपस्थितिमा मदिराको बिक्रि वितरणको चर्को बिरोध गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बालबालिकाले नै बिरोध गरेपछि अभिभाबकले बालबालिकाको कुरा मान्ने भएकै कारणले पनि यो अभियानमा बिशेष भुमिका खेलेको बताए ।

डोल्पा जिल्लामा लागु औषधका कारोवार शुन्य नै रहे पनि भोलिका दिनमा लागुऔषका घटनाहरु नघट्ला भन्ने कुनै आधार नभएको अबस्थामा अहिलेबाटै सचेतनाका कार्यक्रम गर्नु राम्रो भएकोले युवाहरुलाइ सचेत गराउन बिभिन्न खाले र्याली नाटक तथा सचेतनाका कार्यक्रमहरु गर्न थालिएको प्रहरी नयाव उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिए । उनले भने प्रहरी र बिद्यार्थिको भुमिका सबै भन्दा मह्तवपूर्ण रहेको छ यसलाइ सकारात्मक सन्देशका रुपमा लिन जरुरी छ ।

बिभिन्न सचेतनामुलक सन्देश लेखिएका प्लेकार्डहरु बोकेर बिद्यार्थि र प्रहरीका साथै अन्य कर्मचारीहरु निस्केपछि स्थानीयहरु चकित भएका थिए । राम्रो कामको लागि स्थानीय सरकारका प्रतिनिधि र स्थानीयबासिहरु सहभागि नभएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले स्थानिय सरकारप्रति आक्रोस पोखे । उनले भने अब कुनै पनि क्षेत्रमा गलत गर्नेलाइ क्षम्य छैन स्थानीय सरकार लुक्न पाइदैन । उलने थपे भोलिका कर्णाधारको भबिष्यमा खेलवाड हुन दिदैनौ अब कर्डाका साथ जान्छौ ।

लागु औषका घटनाहरु नभए पनि घरेलु मदिराको बिक्रिबितरण भने बढ्दो क्रममा रहेको छ । घरेलु मदिराकै कारण घरेलु हिंसा हुने बालबालिकाको भबिष्य समेत बर्बाद हुने भएकोले अभिभाबकलाइ सचेत गराउन बिद्यार्थिले भुमिका खेल्ने प्रमुख जिल्ला अधिकारीको दावी रहेको छ । उनका अनुसार अब बजारका सबै घरहरुमा अनुगमन हुने छ र घरेलु मदिरा मात्र नभइ अबैध रुपमा बिक्रि हुदै आएका सबै मदिरा तथा लागु औषधका कार्यहरु बन्द गरिनेछन ।

मदिराकै कारण समाजका ठुलाठुला घटना घट्ने गरेकोले महिला सञ्जाल तथा सरोकारवालाको सहयोगमा सबै क्षेत्रमा नियमन गर्ने प्रमुख जिल्ला अधिकारी थापाको भनाइ रहेको छ ।