२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

योग दिवसको अवसरमा मिर्चैयामा मेयरदेखि व्यापारीसम्मको योगासन

२०७५, ७ असार बिहीबार १६:००

राम नारायण पंडित | असार ७, सिरहा | अन्तराष्ट्रिय योग दिवस योगाभ्यास र महत्वको चर्चा गर्दै नेपालमा पनि मनाईएको छ । योग अभ्यासमा काम गर्दै आएका पतञ्जली योगपीठ लगायतका संघ–संस्थाले सार्वजनिक रुपमा आज (विहिबार) चौथो योग दिवस मनाएका छन् । दिबसको अबसरमा भएको योगाभ्यास, प्रभातफेरी, रक्तदान तथा अन्तक्रिया लगायतका कार्यक्रमहरुमा स्थानीयदेखी मन्त्रीसम्म, बालकदेखि वृद्धसम्म र मेयरदेखि व्यापारीसम्मको सहभागीता रहेको थियो । 

हरेक उमेर समूह तथा बिरामीका लागि पनि फरक–फरक तरिकाबाट योग गर्न सकिने भएकाले योगको आकर्षण बढ्दै गएको छ । योगको नियमित अभ्यासबाट स्वास्थ्य तन्दुरुस्त, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्मज्ञान प्राप्ति लगायतका सकारात्मक गुणको विकास हुने गरेको योग गुरुहरुको दाबी रहेका छन् । 


दिवसको अबसरमा नगर पतञ्जली योग समिति मिर्चैयाले पनि बिभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । समितिले दिबसको अबसरमा प्रभातफेरी निकालेका थिए । स्थानिय मोहन माविको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गर्दै कटारी चौकमा पुगी कोणसभामा परिणत भएका थिए । प्रभातफेरीमा सहभागिहरुले ‘योग गरौं निरोग रहौं’, ‘कपालभाती जीवनसाथी’ र ‘विश्व योग दिवस सफल पारौं’ लगायतका नारा लगाएका थिए । 

नगर पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंहको अध्यक्षता तथा मिचैया नगरपालिकाको मेयर श्रवण यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर योग समिति मिर्चैयाका उपाध्यक्ष भरत महासेठ, सचीव रामप्रताप यादव, कोषाध्यक्ष लिला देवी तिवारी, मन्त्री संतोष महतो, पतञ्जली योग समिति मिर्चैया ६ का अध्यक्ष पशुपति यादव, सदस्य राजकिशोर साह        (किशोरी), रिना ठाकुर, सल्लाहकार सिकिया यादव लागायतका उपस्थिति रहेका थिए । त्यसैगरी, जिल्ला योग समितिका उपाध्यक्ष श्याम मण्डल, राजदेब कापर, सुबेषचन्द्र दास, ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रतिनिधि, विभिन्न विद्यालयका बिद्यार्थी, स्थानीयबासी, ब्यापारी, नागरिक समाज लगायतका सहभागीता रहेका थिए । 

अष्टावक्र फाउन्डेशन मिर्चैयाले पनि बिभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको ६९ औ महासभाले जुन २१ को दिनलाई अन्र्तराष्ट्रिय योग दिवसको रुपमा मनाउन भारतले गरेको प्रस्तावलाई अत्याधिक बहुमतले अनुमोदन गरेसंगै यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा