Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीको शारदा माविमा पानीको हाहाकार

२०७५, २१ असार बिहीबार १०:३८

सन्तोष रोकाया/असार २१, कैलाली | कैलालीको धनगढी उपमहानगरपालिका १२ सि गाउँ जुगेडामा अवस्थित शारदा माध्यमिक विद्यालयमा खानेपानीको हाहाकार भएको छ । 

विस २०३७ सालमा स्थापना भएको विद्यालयमा दातृ सँस्थाहरुले पनि दिर्घकालिन रुपमा काम गर्न नसक्दा समय समयमा पानीको समस्या हुने गरेको हो। विद्यालयमापानी नभएपछि विद्यार्थीहरु पानी पिउन गाउँमा जाने गरेको विद्यालयले जनाएको छ । 

शारदा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा ऐश्वर्य बिक भन्छिन् – "बिद्यालयमा धेरै समस्या। अझ पानीको त धेरै अभाव छ ।"  पानी अत्यावश्यक भएपनि आफ्नो विद्यालयमा पानी नहुँदा सबै विद्यार्थीहरु नजिकैको गाउँका धाराहरुमा गएर पानी पिउने गरेको बताईन् । 

विद्यालयमा खाने पानीसँगै शौचालयमा पनि पानी नभएकोले अहिलेसम्म विद्यालयको शौचालयमा प्रवेश नगरेको अर्की छात्रा खिना बोगटीले बताईन् । 

विद्यालयका शिक्षक जिवन रेग्मीले विद्यालय हाता भित्र भएका धाराहरुमा पानी नआउँदा समस्या भएको बताए । विद्यार्थीहरु पानी पिउन दैनिक गाउँका धाराहरुमा जानाले पठनपाठन प्रभावित हुने गरेको उनले बताए । उनले शिक्षकहरुका लागि परिचरले बाहिरबाट बाकेटमा पानी ल्याएर खुवाउने गरेको पनि जानकारी दिए । 

विद्यायका प्राचार्य दिर्घराज जोशीले वि.स २०७० र २०७२ सालमा मर्सी कोर र फाया नेपालले पानीका ट्याङ्कीहरु निर्माण गरि दिए पनि कम लागतको निर्माणले दिर्घकालिन नभएको गरेको बताए । अहिले सम्म स्थानिय जनप्रतिनिधीले पनि पहल नचालेको उनले बताए । 

यता धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले भने अहिले आर्थिक वर्ष २०७४÷७५ सकिनै लागेकोले उक्त बिद्यालयमा आगामी आर्थिक वर्षको बजेट बाट रकम छुट्याउने बताए । उनले बिद्यालयले नगरपालिकामा भवनको लागि माग गरेको तर पानीको बारेमा कुनै जानकारी नगरेको बताए । 

पानी जिवनको आधार हो । तर जुगेटाको शारदा माद्यामिकबिद्यालयमा पानी नहँुदा बिद्यालय परिवार समस्यामा परेको छ । चुनावको बेला नेताहरुले बिकास गर्छौ भनि बिभिन्न आश्वासनहरु दिए पनि मानव जिवनको महत्वपुर्ण आधारभुत आवश्यकता पानी उपलब्ध नगराउँदा समस्या भएको हो । जति सक्दो चाँडो बिद्यालय पानीको पहुँच भित्र पु¥याउन बिद्यालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित