२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संविधान निर्माण संगै खर्वाङमा उर्लियो जनसागर

२०७२, ३ आश्विन आईतवार ०७:४९

Udghatan

कमल पौडेल । असोज-३, बागलुङ (खर्वाङ) । नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मना कुमारी केसिले संविधानको निर्माण संगै राज्य अव विकास तर्फ लम्किने वताउनु भएको छ । राष्ट्रिय जन साँस्कृतिक महासंघ दगातुन्डाडाले खर्वाङमा आयोजना गरेको रजत महोत्सवको उद्घाटन गर्दै केसिले बागलुङ क्षेत्र लाई एकतावद्ध वनाउन पहल गर्ने सम्पूर्णलाई धन्यवाद तथा वधाई व्यक्त गर्नुभएको छ। कार्यक्रममा सम्बोधन गर्दै केसिले जिल्ला भित्र भएका सम्पूर्ण प्राकृतिक श्रोतहरुको उपयोगका लागी अव आफुहरु लाग्ने समेत वताउनु भयो ।

kharwang

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य विष्णु भुसालले संविधान जारी हुनेकुरा ऐतिहासिक कुरा भएको भन्दै राजनैतिक दलले चाहेमा मुलुक परिवर्तन गर्न सक्ने प्रमाणित गरेको वताउनु भएको छ । हजारौंको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघ बागलुङका अध्यक्ष एवं लोक दोहोरी गित प्रतिष्ठान बागलुङका अध्यक्ष पूर्ण परियार तथा राष्ट्रिय लोक दोहोरी गायीका शान्तिश्री परियार ले आफ्ना गित मार्फत सवैलाई नचाएका थिय । महोत्सवकै अवसमा आयोजना गरिएको खुल्ला तिजिगित तथा नृत्य प्रतियोगीतामा भिमगिठे उच्च माध्यमिक विद्यालय भिमगिठे प्रथम, ताराखसे युवा परिवार वामी ८, मालारानी गुल्मी द्धितिय, तथा आदर्श एकेडेमी भिमगिठे तृतिय भएका छन् भने उत्कृष्ट गाएनको पुरस्कार पौदीटारी निमावि ग्वालीचौरले हात पारेको छ ।

कार्यक्रममा जनसाँस्कृतिक मञ्च संग सम्वद्ध विभिन्न व्याक्तित्व, कलाकार, सहयोगदाता लगाएतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम अध्यक्ष लक्ष्मण वरालको अध्यक्षता, उपाध्यक्ष खगिश्वर अर्याल (विष्णु) को स्वागत मन्तव्य तथा सचिव कमल पौडेल र सदस्य देउमाया रानाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक