२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानीले रोपे चाँगुनारायणमा १७ हजार बिरुवा

२०७५, २३ असार शनिबार १२:३१

असार २३, काठमाडौँ | चाँगुनारायणमा चाँपको जंगल बनाउन चाहने जापानी नागरिकको एक समूहले पाँच वर्षमा १७ हजार बिरुवा रोपेको छ । 

जापानको योकोहामा सिटी विश्वविद्यालय, यामादा माहुरी फार्म र चाँगुनारायण सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा ‘मियावाकी’ विधिबाट आज चाँगुनारायण मन्दिर नजिकको सामुदायिक वनमा तीन हजार बिरुवा रोपेको हो । सन् २०१४ देखि जापानी समूहले यहाँ बिरुवा रोप्दै आएको छ । 

साना बिरुवा रोपेर परालले छोपी पानी हाल्ने व्यवस्था मिलाउने विधिलाई ‘मियावाकी’ भनिन्छ । जापानको यामादा माहुरी फार्मले नेपालमा २० वर्षअघिदेखि यो तरीकाले बिरुवा रोप्दै आएको छ । सन् १९९९ मा काभ्रेपलाञ्चोकबाट यो विधिले बिरुवा रोप्न शुरु भएको हो । 

यो विधिबाट बिरुवा रोप्दा बाढी, पहिरोलगायतका विपद्को जोखिम न्यूनीकरण हुने जनाइएको छ । 

वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य नरोत्तम वैद्य, नेपालका लागि जापानी राजदूत साइगो मासामिची, भक्तपुरका जिल्ला वन अधिकृत फणीन्द्र पौडेल, जापानमा कार्यरत नेपाली कानून व्यवसायी डा बलराम श्रेष्ठ, योकोहामा सिटी विश्वविद्यालयकी प्रा डा फुजिवारा, यामादा माहुरी फार्मका प्रतिनिधि आकाहोसीलगायतले बिरुवा हुर्काउन ‘मियावाकी’ विधि प्रभावकारी हुनेमा जोड दिनुभयो । 

यो विधिबाट बिरुवा रोप्दा तीन वर्षमा आठ फिट अग्लो हुने गरेको जानकारी गराइयो । कटुस, पलाँस, चिलाउने, रुद्राक्ष, चाँप, काफल, पैयुँ, प्वाँले, तेजपात, कालीकाठ, खरी, लाँकुरीलगायत जातका तीन हजार बिरुवा रोपिएको कार्यक्रम संयोजक श्रेष्ठले सुनाउनुभयो । 

चाँगुनारायण मन्दिरमुनिको सामुदायिक वनमा पाँच वर्षअघिदेखि यामादा माहुरी फार्मको संयोजकत्वमा वृक्षरोपण गरिँदै आएको छ । यसका लागि ३० जना जापानी आफ्नै खर्चमा स्वयंसेवकका रुपमा नेपाल आएका छन् । 

सो जापानी समूहले २० वर्षको अवधिमा चार लाख ६० हजार ९९१ वटा बिरुवा रोपेको सो अवसरमा जानकारी गराइयो । सन् २०१४ देखि जापानी समूहले चाँगुनारायणमा बिरुवा रोप्दै आएको हो । त्यसअघि काभ्रेपलाञ्चोक र ललितपुर जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण गरिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते