Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा स्कप टाइफसका विरामी बढ्ने आशंका

२०७५, २६ असार मंगलवार १५:२४

सन्तोष रोकाया | असार २६, कैलाली | वर्षातको मौशम सुरुवात संगै कैलालीमा स्कप टाइफसका विरामी भेटीन थालेको छ । यो रोग वर्षतको समयमा अधिकांसमा देखिनेगरेको चिकित्सकहरु वताउँछन् । स्कप टाइपस एक किसीमको ज्वरो भएपनी जंगलमा पाइने किर्ना जस्तै किराहरुले टोक्दा संक्रमण हुने गरेको चिकित्सकहरुको भनाई छ ।

मुशामा पाइने किराको टोकाइलेको यो रोगको संक्रमण बढ्ने गरेको पाइन्छ । गत वर्ष २ सय ६९ जनामा स्कपटाइफसका विरामी भेटीएको कैलालीमा यस बर्ष पुन रोगको संक्रमण सुरुहन थालेको छ ।  स्कपटाइफस एक किसीमको ज्वरो भएपनी जंगलमा पाइने किर्नाले टोक्दा संक्रमण हुने गरेको छ बताईएको छ ।

गत वर्ष २ सय ६९ जनालाई स्कपटाइफस का भएपनी यस बर्ष २ जनामा देखीएको सेती अञ्चल अस्पतालका मेडीकल वार्ड इन्चार्ज योसोदा ढकालले बताईन् । अहिले सम्म ५० जना भन्दा बढि चेकजाच गर्न आएको मा २ जनामा यसको संक्रमण भेटिएको उनले बताईन् ।

स्कपटाइफस भएका अत्याधिक ज्वरो आउनुका साथै शरिरमा विविरा आउने, पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखीने गरेको मेडीकल वार्ड इन्चार्ज ढकाले बताईन्  । अत्याधिक ज्वरोका कारण विरामी केही दिन भित्रमै सिकिस्त हुने भएकाले ज्यान जान सकने खतरा पनी उच्च रहेको उनले वताईन् । 

चिकिस्तकहरुले स्कप टाइफस वाट वच्न सरसफाईमै  दिनु पर्ने बताउने गरेका छन् । स्कप टाइपसको कुनै घरेलु उपचार नहुने चिकित्सकहरु बताउछन् । यसको संक्रमण भएको आशंका भएमा वा यसको लक्षण देखीए तत्काल स्वास्थ्य सस्थामा आउन चिकिस्तकहरुको सुझाव छ । 

गत वर्ष ३ सय को हराहारीमा पुगेको स्कपटाइफसको विरामी यस वर्ष अझै वढ्न सक्ने अनुमान चिकित्सकहरुले गरेका छन् । बिगतका बर्षहरुमा यसबाट ज्यान जानेहरुको संख्या पनि उच्च रहेको थियो । यस बर्ष भने स्कप टाइपसका बारेमा सर्वसाधरणलाई जानकारी भएका कारण उपचार प्रभावकारी हुने चिकित्सकहरुको अपेक्षा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित