2026-09-19 08:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड

असार २८, पोखरा | नागरिक समाज पोखराद्वारा आज यहाँ आयोजित ‘डा गोविन्द केसी बचाउ अभियान १५औँ सत्याग्रह’ विषयक अन्तरक्रियामा संवादका माध्यमबाट सत्याग्रही डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ । 

मागको सुनुवाइभन्दा परिस्थितिलाई थप जटिल बनाउने काम भइरहेको भन्दै अन्तरक्रियाका वक्ताले तत्काल मागको सुनुवाइ गर्दै सत्याग्रहीको जीवन रक्षातर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । 

कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले वर्तमान सत्याग्रहीको जीवन जोखिममा पार्ने काम भइरहेको बताउँदै चिकित्सा क्षेत्रको सुधार गर्नुको साटो चिकित्सा क्षेत्रको व्यापार भइरहेको विचार व्यक्त गर्नुभयो । 

वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले डा केसीले उठाएका माग सम्बन्धमा सरकारले सुनुवाइ गर्नुपर्ने धारणा राख्दै उहाँले थालेको सामाजिक परिवर्तनको बाटोलाई सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो । 

नागरिक समाजका सुरेन्द्र थापा मगरले डा केसीका मागलाई संवादका माध्यमबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

वरिष्ठ पत्रकार नारायण कार्कीले देशैभरिका नागरिक समाजको आवाजअनुरुप डा गोविन्द केसीका मागको पक्षमा जुट्नुपर्नेमा जोड दिनुभयो । 

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वास्तोलाले डा केसीले नेपाली जनताको साझा माग उठाउनुभएको बताउँदै मागलाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । 

समाज पोखराका अध्यक्ष विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि रामबहादुर पौडेल, नेपाल मेडिकल एशोसिएशन गण्डकीका अध्यक्ष डा निर्मल लामिछाने, नर्सिङ एशोसिएशनकी क्षेत्रकुमारी केसी, ठाकुर बराल, इन्द्रकमल मानन्धर लगायतले डा गोविन्द केसीका मागकाप्रति ऐक्यबद्धता जनाउँदै त्यसको तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो