२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा पहिरोको आतंक: ५ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

३० असार २०७५, शनिबार ०६:०६

असार ३०, जाजरकोट | यहाँको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ । 

आज बिहान आएको पहिरोले धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् । 

हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत पाँचजनाको घरपरिवार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन् । त्यस्तै पहिरोले मकैलगायतको जग्गा पुर्दा मकैबालीसमेत नष्ट भएको छ । कायखेत–जिकुवा सडकबाट आएको पहिरोले यहाँका स्थानीयवासीको उठीबास लागेको हो । मापदण्डविपरीत डोजरद्वारा निर्माण गरिएको यो सकडबाट यहाँका दर्जनौँ अन्य घरसमेत जोखिममा परेका छन् । सडक निर्माण गर्दादेखि नै यातायातका साधन सञ्चालन गर्न समस्या परेको यो सडकबाट अहिले दर्जनभन्दा बढी घर जोखिममा पर्नुका साथै सयौँ रोपनी जग्गामा लगाएको अन्नबालीसमेत नष्ट भएको छ । 

यस्तै छेप्का–कैना सडक खण्डको डाँडागाउँमा पहिरो आउँदा यातायात सेवा ठप्प भएको छ । पहिरो गएको ठाउँमा सडक निर्माणका लागि पहल शुरु गरिने नलगाड नगरपालिकाले बताएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य