२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा मकैको बीउ बिक्री भएन

१ श्रावण २०७५, मंगलवार ०७:४४

 साउन १, धादिङ | नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै जोन कार्यक्रमबाट उत्पादित उन्नत जातको बीउ बिक्री हुन सकेको छैन । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन कार्यक्रमअन्तर्गत उत्पादन गरेको मकैको बीउ बिक्री नभएको किसानको गुनासो छ । किसानले बजार व्यवस्थापनको माग गरेका छन् । 

एक वर्षअघिदेखि मकै जोन विकास कार्यक्रमअन्तर्गत नीलकण्ठ नगरपालिकाको चारवटा र ज्वालामुखी गाउँपालिकाको एउटा ठाउँमा रु एक करोड १७ लाखको लागतमा ५० मेट्रिक टन क्षमताका पोष्ट हार्बेष्ट भवन निर्माण गरिएको छ । उक्त भवनमा किसानले उत्पादन गरेर राखेको मकैको बीउ बिक्री हुन सकेको छैन । 

अठहत्तर कृषक समूह र एउटा कम्पनी गरी ७९ संस्थामार्फत दुई हजार ७७२ घरधुरी समावेश गरी कार्यक्रम सञ्चालन गरिएको मकै जोन विकास कार्यक्रमका कार्यालय प्रमुख होमनाथ लम्सालले बताउनुभयो । छ सय ६३ हेक्टर क्षेत्रफल मकै जोन विकास कार्यक्रमले समेटेको छ । 

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले कृषि प्रविधि र आधुनिकीकरणमात्र होइन बजार व्यवस्थापनका लागिसमेत ध्यान दिन आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य