२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सिमसार क्षेत्र संरक्षणमा नगरपालिका

१ श्रावण २०७५, मंगलवार ०८:४४

पुरुषोत्तम सुवेदी/साउन १, नवलपरासी | सिमसार क्षेत्रको अतिक्रमण बढेको भन्दै पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम नगरपालिकाले संरक्षणका लागि अभियान शुरु गरेको छ । 

नगरपालिका क्षेत्रमा मात्र ५० भन्दा बढी ताल तथा सार्वजनिक पोखरी छन् । नगरपालिकाले ताल संरक्षण गरेर आयआर्जन गर्ने योजना ल्याए पनि प्रभावकारी हुन नसकेपछि ठोस योजनासहित संरक्षण अभियान शुरु गरेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो । 

तालतलैया संरक्षणका लागि छुट्टै योजना नै बनाएर व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ । गुप्ताले भन्नुभयो, “व्यक्तिले भन्दा पनि सार्वजनिक कामका लागि ताल तलैया वरपरका जग्गाको संरक्षण गरेर आयआर्जनमा समेत टेवा पुर्याउने नगरको योजना छ ।” 

यसैबीच पश्चिम नवलपरासीकै बर्दघाट नगरपालिका जहदामा रहेको पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको बुद्धमंगल तालको संरक्षणका लागि पनि उक्त नगरपालिकाले पहल शुरु गरेको छ । 

अहिले नगरपालिकाले नगरभित्रका सिमसार क्षेत्र र ताल तलैया संरक्षणका लागि कार्ययोजना नै बनाएर अगाडि बढेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । 

बुद्धमंगल ताल गौतमबुद्धसँग सम्बन्धित ताल हो । बुद्ध भगवान् त्रिवेणीधाम र लुम्बिनी आवतजावत गर्ने क्रममा यस तालको कुटीमा एक रात बसेर भोलिपल्ट तालको पानी खाएर मात्र यात्रा गर्ने गरेको धार्मिक मान्यता रहिआएको छ । 

केही वर्ष अगाडि साविक जहदा गाविसले तालको व्यवस्थापन गरी माछापालन गर्न खोजे पनि ऐतिहासिक ताल भएकाले माछापालन गर्न नहुने जनआबाजले यसको व्यवस्थापन रोकिएको थियो । 

करीब १० देखि १२ बिगाहा क्षेत्रमा फैलिएको ताल वर्षांैदेखि अतिक्रमणको चपेटामा पर्दै अहिले सात बिगाहा क्षेत्रफलमा मात्र सीमित छ । 

पुरातत्व विभागमा आग्रह 

पूर्वी नवलपरासीको गैँडाकोट–१३ सिख्रौलीवासीले दुई वर्ष अगाडि उत्खनन गरेका पुरातात्विक महत्वका वस्तु संरक्षणका गरी विस्तृत अध्ययनका लागि पुरातत्व विभागलाई गुहारेका छन् । 

स्थानीय शिवालय मन्दिरमा शिखर शैलीको ऐतिहासिक भग्नावशेष उत्खनन गरे पनि उचित रूपले संरक्षण हुन नसक्दा उत्खनन गरिएका वस्तु अलपत्र परेकाले थप अध्ययन गरेर सोहीअनुसारको संरचना तयार गर्न स्थानीयवासीले माग गरेका हुन् । 

केही क्षेत्रमात्र उत्खनन गरेर छोड्दा मन्दिर व्यवस्थापन समितिले पनि काम गर्न नपाएको र थप उत्खननसमेत नभएको भन्दै तत्काल उत्खनन गरेर निष्कर्ष दिन स्थानीयवासीले माग गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद घिमिरेले बताउनुभयो । 

नारायणी नदी किनारमा मन्दिर रहेको र प्रशस्त जग्गा भएकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर अगाडि बढाउन सकेमा यस क्षेत्रको विकास हुने स्थानीयवासीको अपेक्षा छ । 

उत्खननका क्रममा १५औँ शताब्दीभन्दा पुरानो ऐतिहासिक र कलात्मक मन्दिर रहेको तथ्य फेला पर्नुका साथै करीब एक हजार २०० वटा विभिन्न वस्तु फेला परेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य