२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटका कैदीबन्दी सेवासुविधाबाट वञ्चित

२०७५, ३ श्रावण बिहीबार ०५:३९

हेमन्त के सी | साउन  ३, जाजरकोट, | जाजरकोट कारागारका कैदीबन्दीले रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री तथा सुविधाबाट वञ्चित भएको बताएका छन्। 

खल्तीमा पैसा नहुँदा उपचार पाउनबाट वञ्चित हुनुपरेको थुनुवा बलबहादुर मल्लले बताउनुभयो। कैदीबन्दीको औषधोपचारमा कारागार शाखाले बेवास्ता गरेको उहाँको आरोप छ। खल्तीमा पैसा हुनेको उपचार हुने तर नहुनेको उपचार नै नहुने गरेको उहाँको भनाइ छ। 

बिरामी कैदीबन्दीले औषधोपचार गरेको बिल पेस गर्दा पनि भुक्तानी नपाएको मल्लको भनाइ छ। “दुई सातासम्म धारोमा पिउने पानी नआउँदा पनि कसैले वास्ता गर्दैनन्,” उहाँले भन्नुभयो, “रासन तथा सिदा खर्च चार÷पाँच महिना बित्दासमेत पाउन सकिएको छैन।” 

लत्ताकपडा भत्ता वर्षमा दुईपटक पाउनुपर्नेमा एकपटक मात्र दिने गरेको र उक्त सुविधा अन्य कारागारको भन्दा निकै कम उपलब्ध हुने गरेको कैदीबन्दीको गुनासो छ। लत्ताकपडा भत्ता अन्य कारागारमा दुई हजारका दरले पाइने भएपनि जाजरकोट कारागारमा रु ७५० मात्र पाइने उनीहरूको गुनासो छ। कारागारका कर्मचारीले कैदी र थुनुवालाई अपहेलना गर्ने गरेको कैदी निमबहादुर सिंहले बताउनुभयो। 

केही कर्मचारीले कैदीबन्दीलाई तल्लो दर्जाको नागरिक सम्झेर अश्लील शब्द प्रयोग गर्ने गरेको उहाँको भनाइ छ। “कारागारमा कसैलाई पनि सम्मानजनक व्यवहार भएको छैन,” उहाँले भन्नुभयो, “सेवासुविधाको अभाव तथा सम्मानपूर्वक व्यवहार नपाउँदा तनावमा बस्न बाध्य छौँ।” कैदीबन्दीलाई तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य चर्को भएको उहाँको गुनासो छ। 

कैदी एक प्याकेट सुर्तीको रु ७० मूल्य तिर्न बाध्य भएको सिंहले जनाउनुभयो। सम्बन्धित प्रशासनलाई रु १० हजार घुस दिएर मात्र चौकीदार तथा नाइके बन्न पाउने प्रचलन रहेको कैदीबन्दीको भनाइ छ। 

प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षकलगायत उच्च तहका कर्मचारी एकपटक पनि कारागारमा नआएको उनीहरू बताउँछन्। जिल्ला प्रशासनलगायत निकायले कैदी बन्दीको समस्याप्रति बेवास्ता गरेको कैदीबन्दीको गुनासो छ। उनीहरूका अनुसार कैदीबन्दीले जायज माग गर्दा पनि सरुवा गरिदिने, कैद सजाय थपिदिने, धम्की आउनेलगायतका समस्या छन्। 

कैदी तथा थुनुवाले अनावश्यक निहुँ खोजेर कारागार प्रशासनलाई समस्यामा पार्ने गरेको जेलर तेजविक्रम शाहले बताउनुभयो । २० जना अटाउने क्षमताको जाजरकोट कारागारमा ५७ जना कैदी तथा थुनुवा कोचाकोच गरेर बस्न बाध्य छन्। कारागारमा कैदीबन्दीका लागि दुई मात्र कोठा छन्। एउटै कोठामा ३० जना कैदी लाइन लागेर सुत्न बाध्य छन्। 

कारागारको निर्माणाधीन भवन सम्पन्न नहुँदा कैदीबन्दीलाई समस्या भएको जेलर शाहले बताउनुभयो । कारागार प्रशासनका अनुसार अहिले ४८ कैदी र एक महिलासहित नौजना थुनुवा छन्। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन