२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा पहिरोले घर पुर्दा चार जना घाइते, १३ बाख्रा मरे

३ श्रावण २०७५, बिहीबार ०६:४१

साउन ३, नुवाकोट | यहाँको सूर्यगढी गाउँपालिका–३ चोकदेमा पहिरोले घर पुर्दा चार जना घाइते भएका छन् । अविरल वर्षाका कारण आज बिहान ४ बजे घरमाथिबाट आएको पहिरोले नवराज श्रेष्ठको दुईतले कच्ची घर भत्काउँदा ५० वर्षीय निजका साथै उनकी श्रीमती ४६ वर्षीया निरु, छोरी २२ वर्षीया निशा र १८ वर्षीय छोरा विकास घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । 

घाइतेहरूलाई स्थानीय प्रहरीले उद्धार गरेर विदुरको सिटी अस्पतालमा उपचारका लागि लगेकामा अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घरमा किराना पसल र घरसँगै रहेको गोठमा १३ वटा बाख्रा, कुखुरा मर्नुका साथै घरभित्र रहेको सरसामग्री नष्ट भएको छ । प्रहरीले रु ६० लाख बराबरको क्षति भएको अनुमान गरेको छ । 

यस्तै गए रातिको वर्षाकै कारण यहाँको तादी गाउँपालिका–५ बञ्चरेमा दुईवटा घर तथागोठ र खानेपानीको ट्याङ्की पहिरोले पुरेको छ । पहिरोका कारण अन्य ११ घर जोखिममा परेको छ । बञ्चरेका वीरबहादुर तामाङ स्याङतानको घर तथा गोठ पहिरोले पुर्दा भित्र रहेको बाख्रा सात, कुखुरा १० वटा र अन्नपात लत्ताकपडा गरी रु १५ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । 

यसैगरी सोही स्थानका हरिबहादुर लामाको घर तथा गोठ पहिरोले पुर्दा गाईभँैसी अन्नपात लत्ताकपडा गरी रु १५ लाखबराबरको क्षति भएको र सोही गाउँमा रहेको खानेपानीको ट्याङ्की पहिरोले भत्काउँदा रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तादी–५ बञ्चरेमा पहिरोको कारण ११ घर जोखिममा परेकाले उनीहरू सुरक्षित स्थानमा बसेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य