२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

२०७५, ५ श्रावण शनिबार १०:५०

साउन ५, पोखरा | पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी १२ वटा सिसी क्यामरा जडान गरिएको छ । 

डेभिजफल क्लबको सक्रियतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म लगभग एक किलोमिटर सडकमा रु १० लाखको लागतमा उक्त क्यामरा जडान गरिएको हो । 

पोखरा महानगरपालिकाको रु तीन लाख ८० हजार, गुप्तेश्वर गुफा व्यवस्थापन समितिको रु तीन लाख ५० हजार, बरालफिडको रु ५० हजार सहयोग प्राप्त हुनुका साथै रु दुई लाख २० हजार क्लबको खर्च भएको छ । 

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज आयोजित एक कार्यक्रममा सिसी क्यामरा सेवाको शुभारम्भ गर्दै सुरक्षा र सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानालाई हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा उहाँले समाजमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्दै शान्ति सुव्यवस्था कायम गर्न सिसी क्यामराले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सिंगो महानगरलाई प्रविधियुक्त बनाइने जानकारी दिनुभयो । 

डेभिजफल क्लबका अध्यक्ष गोपाल बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रहरी उपरीक्षक ओमबहादुर राना, वडा नं १७ का वडाध्यक्ष तीर्थ अधिकारी र क्लबका ऋषि बराललगायतले सिसी क्यामराको उपयोगिताका बारेमा प्रकाश पार्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी