२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु, एक घाइते

२०७५, १० श्रावण बिहीबार ०४:०२

साउन १०, चितवन | भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका एक जना घाइते भएका छन् । 

भरतपुर महानगरपालिका–१० सिनर्जी चोकमा वीरेन्द्र क्याम्पस चोकबाट विकास चोकतर्फ जाँदै गरेको महानगरको फोहर उठाउने ना २ त ३६६१ नम्बरको ट्र्याक्टर र पश्चिमतर्फ शान्ति मार्गबाट आइरहेको ना ५३ प ९७८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ बस्ने १८ वर्षीय पारस खत्रीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल सडकमा निस्किने क्रममा ट्र्याक्टरमा ठोक्किँदा दुर्घटना भएको हो । खत्रीको चितवन मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलमा सवार नवलपुर गैँडाकोट–७ बस्ने १९ वर्षीय सुरज परियार घाइते भएका छन् । घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश