२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

पन्ध्र महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन

२०७५, १० श्रावण बिहीबार ०५:४९

साउन १०, जाजरकोट | जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । 

सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको छ वर्ष बित्दा पनि जग मात्र ठडिएको छ । 

पुल निर्माणको जिम्मा सर्वउद्धार प्रन्डस जेभी कोटेश्वर काठमाडौँको फर्ममार्फत जाजरकोट सुवानाउलीका कर्णबहादुर थापाले लिएका थिए । १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ मा ठेक्का सम्झौता भएको पुलको ठेकेदारले समयमा काम नगर्दा अलपत्र परेको छ । 

तीनपटक म्याद थप गर्दा पनि काम पूरा हुन सकेको छैन । समयमा निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ । स्थानीय जोखिम मोलेर खोलाबाट वारपार गर्ने गरेका छन् । महिला, बालबालिका, वृद्धवृद्धा, अपांगलाई खोला तर्न समस्या हुने गरेको छ । साना बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या छ । 

जिल्लाको पश्चिम सीमा, जुँगाथापाचौर, साल्मा, दसेरा, मजकोट, दह, गर्खाकोट, पजारु, झाप्रा, टालेगाउँ, पैकलगायत १५ गाविस, जुम्ला तथा उत्तरी बारेकोटका बासिन्दालाई समस्या भएको छ । स्थानीयले निर्माण व्यवसायीलाई कडा कारबाहीको माग गरेका छन् । 

खोला बढ्दा दैनिक उपभोग्य सामान तथा निर्माण सामग्री ढुवानीमा बाधा पुगेको छ । बालुवा बजारको यातायात बन्द भएको छ । यातायातका साधन मोर्क बजारमै थन्किएका छन् । निर्माणको जिम्मा लिएको ठेकेदारले काम नगरेर दोस्रो व्यक्तिलाई जिम्मा लगाउँदा निर्माणको काम अलपत्र परेको छ । व्यवसायीले तोकेको समयमा पुल नबनाउँदा यस क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या हुनुको साथै अन्य विकास निर्माणमा पनि बाधा पुगेको सीमा ९ स्यापीका पूर्णसमीर महताराले बताउनुभयो । 

पुल नबन्दा थलह बजारसम्मको २५ किलोमिटर सडकमा यातायात चल्न सकेको छैन । सडक बने पनि यातायातको सुविधा नहँुदा स्थानीयलाई आवताजावतमा सास्ती हुने गरेको छ । 

पुल निर्माणका लागि हालसम्म रु ६० लाखभन्दा बढी रकम खर्च भइसकेको छ । २५ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको पुलका लागि पेस्की रकम बराबरको कामसमेत हुन सकेको छैन । व्यवसायीले प्रतिस्पर्धामा कामको जिम्मेवारी लिने अनि काम सम्पन्न गर्नेतर्फ बेवास्ता गर्ने प्रचलनले समस्या भएको जिल्ला समन्वय समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक