२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीका ३४ स्वास्थ्यकर्मी महिलालाई साइकल प्रदान

२०७५, १२ श्रावण शनिबार ०३:२७

 साउन १२, राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले ३४ स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविकालाई शुक्रबार साइकल प्रदान गरेको छ । 

यससँगै १८ वटै स्थानीय तहमध्ये सप्तरीमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने विष्णुपुर पहिलो गाउँपालिका बनेको गाउँपालिका उपाध्यक्ष जनजीरादेवी यादवले जानकारी दिनुभयो । यसबाट सो गाउँपालिकामा रहेका सात वटै स्वास्थ्यचौकीबाट दिइने स्वास्थ्य सेवा अझ प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताउनुभयो । 

प्रशासकीय अधिकृत रञ्जीतजंग अधिकारीले आवश्यक बजेट अभाव भए पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्य शीर्षकबाट पनि केही केही बजेट कटौती गरी साइकल खरीद गरिएको बताउनुभयो । स्वास्थ्य स्वयंसेविका अरुलादेवी यादवले अब स्वास्थ्यचौकी र वडा कार्यालयसम्म पुग्न निकै सजिलो हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण