२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

पहिरोले पुरेर सातको मृत्यु, दुई बेपत्ता

२० श्रावण २०७५, आईतवार ०८:५६

प्रेम सुनार | साउन २०, बुटवल । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।

जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले  दिएको  जानकारी अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, टाउको र खुट्टामा चोट लागेका जनाइएको छ ।

मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उहाँका छोरी नौवर्षीया भावना, छ वर्षीया रञ्जना र तीन वर्षीया मनिषा छन् । उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए ।


त्यस्तै, घरमूली तीर्थराज बोहराकी सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो । मृतक अन्य २ जनाको सनाखत भएको छैन ।

सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा त्यहाँ चार बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घरसँगै पहिराले पुरेको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार हराइरहेकामा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार तथा नलगाड–१ डाँडागाउँका आठवर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य