२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाका ८२५ गैर सरकारी संघसंस्था खारेजीमा, १५ दिनभित्र चल अचल सम्पतिको विवरण पेश गर्नुपर्ने

२३ श्रावण २०७५, बुधबार १३:३६

मनोज पराजुली,साउन २३, गोरखा। जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लामा दर्ता भएर नवीकरण नगर्ने गैर सरकारी संस्थाहरु खारेजी प्रक्रिया अगाडी बढाएको छ। लगातार तीन वर्षसम्म पनि नवीकरण नगर्ने गैर सरकारी संस्थालाई गृह मन्त्रालयबाट खारेज गर्ने निर्णय भई जिल्ला प्रशासन कार्यालयमा परिपत्र आएपछि प्रशासन कार्यालयले खारेजी प्रक्रिया शुरु गरेको हो ।

 जिल्ला प्रशासन कार्यालय गोरखामा संस्थादर्ता ऐन २०३४ बमोजिम हालसम्म १४ सय ५० वटा गैर सरकारी संस्थाहरु दर्ता भएका छन् । जसमध्ये ८२५ संस्थाहरुको ३ वर्ष भन्दा बढी अवधीदेखि नविकरण नगरेका कारण गैरसरकारी संस्थाहरुको दर्ता खारेजी प्रकृया अगाडि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टरार्इले साझा सवाललाई बताए। खारेजीमा परेका संस्थाहरुले भाद्र ६ गतेसम्म संस्थाको चल अचल सम्पतिको विवरण साथै तिर्नु पर्ने दायित्व समेतको विवरण जिल्ला प्रशासन कर्यलायमा पेश गर्न भनिएको प्रमुख जिल्ला अधिकारी भट्टरार्इले जानकारी दिए।  

गत जेठ २४ गते गृहमन्त्री राम बहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालय, कम्पनी रजिष्टार कार्यालयमा दर्ता भै समाज कल्याण परिषदमा आवद्ध भएका गैरसरकारी संस्था, अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा प्रतिफल वितरण नगर्ने कम्पनीहरुको ३ (तीन) वर्ष सम्मको नविकरणको अवस्था हेरी तत् तत् निकायमा नविकरण भएको नपाइएमा तत् तत् निकायबाट पुनः नविकरण गर्न १५ (पन्ध्र) दिने सूचना जारी गर्ने र सो समयावधी भित्र नविकरण हुन नआउने संस्थाहरुको दर्ता खारेजी प्रकृया अघि बढाउने निर्णय गरेको थियो।

साथै नविकरण गर्दा उक्त संस्थाहरुको दर्ता खारेजी प्रकृया अघि बढाउने र नविकरण गर्दा उक्त संस्थाहरुले हाल सम्म गरेका कार्यहरुको आर्थिक विवरण सहितको प्रतिवेदन लिन समेत निर्देशन दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य