२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा खोलाले बगाएर एकको मृत्यु, ४ घरसहित २ वटा पुल बगायो

३० श्रावण २०७५, बुधबार ०८:२०

साउन ३०, जाजरकोट | नलगाड नगरपालिका वडा–७ दानीपिपल खोलाले बगाएर आज बिहान ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको छ । खोलामा आएको बाढीले झण्डै ५० मिटर तल पुर्याएपछि स्थानीयवासीले शाहीको शव फेला पारेको नलगाड नगरपालिकाको प्रमुख टेकबहादुर रावलले बताउनुभयो । 


यसैबीच स्थानीय झुप्रा खोलामा आएको बाढीले नलगाड नगरपालिका २, ३ र ४ बीचमा बाढीले चार घरसहित दुई वटा पुलसमेत बगाउनुका साथै सयौँ रापेनी खेत बगाएको छ । बाढीले स्थानीयका घर, १५ वटा घुम्ती पसल, चार मिल, ५५ घट्ट, दुई वटा पुलसहित सयौँ रोपनी धान रोपेको खेत बगाएको नलगाड नगरप्रमुख रावलले बताउनुभयो । 

मङ्गलबार राति आएको बाढीले नलगाड नगरपालिका–३, घुवाराका गोकर्ण चन्द, धनबहादुर रावल, वडा नं ५ का खिमलाल जैसी र वडा नं २ का कौशीबहादुर विष्टको घरसहित जग्गा बगाएको छ । वडा ३ का वडाध्यक्ष प्रचण्ड ओलीको मिल, जग्गा बाढीले बगाएको छ । 


त्यस्तै बाढीले नलगाड ३ र ४ जोड्ने घुवारामा रहेको पुल, वडा नं २ र ५ जोड्ने कालीमाटीस्थित पुल पनि बगाएको नगर प्रमुख रावलले बताउनुभयो । झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विकसहित दुई वटा मिल पनि बगाएको छ । उक्त खोलामा आएको बाढीले नलगाड–३ को साङ्ट खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेतलगायत सयौं रोपनी खेत बगाएको उहाँले बताउनुभयो । 

बाढीले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्लीलगायत स्थानतर्फको आवतजावत पूर्णरुपमा बन्द भएको छ । बाढीका कारण यस क्षेत्रका ७० बढी घरपरिवार विस्थापित हुनुको साथै छेप्का र कालीमाटी बजार जोखिममा परेको छ । 

बाढीले वडा ८ बगारामा बाढीका कारण पाँच घर डुबान भएको छ भने पञ्चभयार माविको भवन पहिरोले पुरेको छ । त्यहाँ रहेका सोलार, कार्यालयका कागजातसमेत नष्ट भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य