२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण ल्याउने

२०७५, ३१ श्रावण बिहीबार १०:४७

साउन ३१, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । 

कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरीद गरी प्रयोगमा ल्याउन लागेको हो । “कस्तो किसिमको उपकरण कहाँबाट ल्याउन लागेको हो” यसका बारेका मन्त्रालयले आफ्नो भनाइ सार्वजनिक गरेन । सडक विभागअन्तर्गत हाल १४ हजार किलोमिटर सडक निर्माण भएका छन् । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सङ्घीय संसद्, विकास तथा प्रविधि समितिको आजको बैठकमा सो जानकारी दिँदै बनेका सडकमध्ये स्थानीय तह, प्रदेश तथा सङ्घ कुनबाट सञ्चालन, मर्मत गर्ने भन्ने छिट्टै निर्णय हुने बताउनुभयो । काठमाडाँै उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी कहिलेसम्म पुरिन्छ भन्ने सांसदको जिज्ञासामा मन्त्री महासेठले भदौ १२ गतेसम्म पुरिसक्ने जवाफ दिनुभयो । उहाँले पाँच वर्षभित्रमा सबै पालिकालाई राष्ट्रिय सडक सञ्जालले जोड्ने लक्ष्य रहेको जानकारी दिँदै कलङ्की–नागढुङ्गा, चाबहिल साँखु सडक उपलब्ध जमीनका आधारमा नै निर्माण अगाडि बढ्ने नीतिगत निर्णय भएको बताउनुभयो । 

“सर्वोच्च अदालतबाट विशेष गरी ती दुई सडक विस्तारका क्रममा भएको आदेशलाई पुनरावलोन गर्न सरकारले महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिइसकेको छ,” मन्त्री महासेठले भन्नुभयो । मन्त्री महासेठले असार १ गतेदेखि मसान्तसम्म सडक निर्माण गर्न रोकिएको जानकारी दिँदै असारे सडक विकास अब रोकिने जानकारी दिनुभयो । 

सांसद बहादुरसिंह लामाले विस्तृत कार्ययोजना बनाएर मात्र सडक निर्माण कार्य शुरु गर्न सुझाव दिँदै पहुँचभन्दा आवश्यकताका आधारमा निर्माण गर्नुपर्छ भन्नुभयो । सांसद यज्ञराज सुनुवारले डोजर चालक इञ्जिनीयर हुने र उपभोक्ता समितिका सदस्य निर्देशक भई ग्रामीण तहमा सडक खन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ भन्नुभयो । 

सांसद गणेश पहाडीले सडक निर्माणमा दीर्घकालीन सोच र अवधारणा बनाउन आवश्यकता रहेको बताउनुभयो । सांसद आशाकुमारी विकले पहिरोको कारण दुई महिनाको अवधिमा १८ को मृत्यु भइसकेको हुँदा अवरुद्ध चैनपुर खोर्पे सडक नियमित गर्न माग गर्नुभयो । 

सांसद रङ्गकुमारी शाहीले रेलभन्दा मोटरबाटोको आवश्यकता रहेको चर्चा गर्दै सिमीकोट हिल्सा सडकको ट्रयाक खोल्ने काम कहिलेसम्म सम्पन्न हुन्छ भन्ने प्रश्न गर्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले केरुङ काठमाडौँ रेल मार्ग, रक्सौल काठमाडौँ रेल मार्गका लागि मन्त्रालयले विभिन्न काम अगाडि बढाएको जानकरी दिनुभयो । सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले भदौ महिनाको अन्त्यसम्म काठमाडौँ उपत्यकाको सडकको स्वरुपमा परिवर्तन आउने दाबी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस