२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा अर्बुद रोगको उपचार शुरु

२ भाद्र २०७५, शनिबार ०५:५३

भदौ २, महोत्तरी | महोत्तरीको रामगोपालपुरमा विनयतारा फाउन्डेशनले अर्बुद रोगको उपचार गर्न थालेको छ । अमेरिकास्थित विनयतारा फाउण्डेशन, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा ‘क्यान्सर स्क्रिनिङ’ सेवा शुरु गरेको अस्पतालले केही वर्षमै सुविधासम्पन्न अर्बुद रोग उपचार केन्द्र पनि निर्माण गर्ने लक्ष्य लिएको छ । 

पूर्वी नेपालमा अर्बुद रोगको उपचार नभएका कारण उक्त अस्पतालबाट सो सेवा शुरुवात गरिएको ट्रष्टका अध्यक्ष डा राकेश साहले बताउनुभयो । अब क्यान्सरपीडितलाई काठमाडौँ वा भरतपुर धाउनुपर्ने अवस्था अन्त्य हुने उल्लेख गर्दै उहाँले सामुदायिक अर्बुद अस्पतालको परिकल्पना गरेर सेवाको शुरुवात गरिएको हो भन्नुभयो । 

हाल भाडाको घरबाट ओपिडी सेवा थालिए पनि केही वर्षमै सुविधासम्पन्न अस्पताल बनाउने योजना अघि सारिएको र यसका लागि नगरपालिकाले ५२ रोपनी जग्गा उपलब्ध गराएको छ । भवन निर्माण र अर्बुद रोगको उपचारका लागि आवश्यक उपकरणको जिम्मा फाउन्डेशन र ट्रष्टले लिएका छन् । 

चार वर्षमा पूर्वाधार निर्माण र उपकरण राख्ने काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यसअघि भने अर्बुदको ओपिडी सञ्चालनमा रहनेछ ।फाउन्डेशनका अनुसार सेन्टरका लागि रु ७० करोडभन्दा बढी लाग्ने अनुमान छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो