Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रदेश ७ को राजधानी धनगढीमा ट्राफिक समस्या

२०७५, ४ भाद्र सोमबार १०:३८

भदौ ४, धनगढी | प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीमा ट्राफिक समस्या बढ्दै गएको छ । 

समस्या बढ्दै गएपछि धनगढी उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको संयुक्त पहलमा ट्राफिक व्यवस्थापनसम्बन्धी नयाँ योजनाका साथ काम शुरु भएको छ । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनीलकुमार उप्रेतीले बजारको मुख्य सडकमा भीडभाडको समयमा ठूला सवारी साधन आवागमनमा रोक लगाइने बताउनुभयो । 

धनगढी उपमहानगरपालिका र ट्राफिक प्रहरीको पहलमा मुख्य सडकका तीन ठाउँमा निःशुल्क ‘पार्किङ स्थल’को व्यवस्था गरिएको छ । “केही ठाउँमा पार्किङ स्थलका लागि पहल भइरहेको छ,” उप्रतीले भन्नुभयो । धनगढीको चौराहास्थित ट्राफिक चोकमा पहिलोपटक आधुनिक ‘ट्राफिक आई लेण्ड’(ट्राफिक प्रहरी उभिने ठाउँ) स्थापना गरिएको छ । यात्रुको आवागमन सहज बनाउन ठाउँठाउँमा ‘जेब्रा क्रसिङ’ बनाउने, बजारमा चलिरहेका विद्युतीय रिक्साको सञ्चालनको उचित व्यवस्थापन गर्ने लगायतका योजना बनाइएको छ । “दुई महिनायता बजारमा दुर्घटनामा कमी आएको छ,” उप्रेतीले भन्नुभयो । 

धनगढीको मुख्य सडकमा विद्युतीय रिक्साको चापसँगै ट्राफिक व्यवस्थानको चुनौती बढेको छ । धनगढीमा झण्डै एक हजार ५०० विद्युतीय रिक्सा सञ्चालनमा छन् । अस्थायी राजधानी तोकेपछि सवारी साधन तथा जनसङ्ख्या थपिएपछि समस्या बढेको हो । धनगढीको ट्राफिक चोकदेखि क्याम्पस रोडसम्मको झण्डै चार किलोमिटर क्षेत्रमा बढी समस्या भएको छ । बजार क्षेत्रमा सडक मिचेर घर पर्खाल निर्माण गर्ने क्रम बढेको छ । सडक साँघुरो हुँदै गएपछि ट्राफिक समस्या बढेको हो | रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित