२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्तामा बालबिवाह तथा महिला हिंसा मुक्त गर्ने अध्यक्ष पाण्डे

२०७५, ५ भाद्र मंगलवार १२:०५

श्याम थापा | भदौ ५, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले सुस्ता गाउँपालिकामा बालबिवाह तथा महिला हिंसा मुक्त गर्ने बताउनुभयो ।

मनकामना किशोरी समूह र शान्ति किशोरी समुह बलिनगर नवलपरासीको आयोजनामा र ए बि सि नेपालको सहयोगमा सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको बलिनगरमा भएको बालविवाह तथा महिला हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष राम प्रसाद पाण्डे यस्तो बताउनु भएको हो ।


अध्यक्ष पाण्डेले सुस्ता गाउँपालिकामा बालविवाह तथा महिला हिंसा न्यूनीकरण गर्नका लागि आफुले विभिन्न योजनाहरु बनाएको र सो योजना अनुसार कदम पनि चालिरहेको उहाले बताउनु भयो । 

साथै अध्यक्ष पाण्डेले बालविवाह तथा महिला हिंसा अन्त्य गर्नको लागि घर बाटै परिवर्तनको थालनी गर्नु पर्ने सम्पुर्ण सुस्ताबासीलाई पनि आग्रह गर्नु भयो । 

सो कार्यक्रममा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनी,प्रहरी चौकी रामनगरका इन्चार्ज लिल बाहादुर बि क ,पत्रकार श्याम थापा,उज्ज्वल संवाद केन्द्र बलिनगरका अध्यक्ष सन्दीप कुर्मी र स्वास्थ चौकी पक्लिहवाका इन्चार्ज राजकिशोर मण्डल लगायतका  बक्ताहरुले बालविवाह तथा महिला हिंसा न्यूनीकरणका लागि आफुहरुले आ आफ्नो ठाउँ बाटै कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश