2026-07-24 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अख्तियारद्वारा ६१ प्रतिशत उजुरी फछ्र्योट

भदौ ६, पोखरा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा ६१ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । 

अघिल्लो आवमा जिम्मेवारी सरेका २४० र आव २०७४÷७५ मा नयाँ दर्ता भएका ४९३ सहित ७३३ उजुरीमध्ये ४४६ वटा फछ्र्योट भएको मङ्गलबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा जानकारी दिइयो । 

कार्यालयका उपसचिव रमेश ढकालका अनुसार नवलपुरबाहेकका गण्डकी प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी ३४६ वटा उजुरी कास्कीमा परेको छ त्यसपछि क्रमशः पर्वतमा ८३, तनहुँमा ६२, स्याङ्जामा ६०, बागलुङमा ५५, लमजुङमा ४९, म्याग्दीमा ४१, गोखरामा २६, मुस्ताङमा चार र मनाङमा एकवटा मात्र उजुरी परेको छ । 

त्यस्तै आयोगको कार्यक्षेत्रअन्तर्गतको लुम्बिनीमा छ वटा मात्र उजुरी परेको थियो । यीमध्ये धेरै उजुरी परेको कास्कीमा २०० उजुरी (५८ प्रतिशत) फछ्र्योट भएको र थोरै उजुरी परेको मनाङमा (एक वटा मात्र) शत प्रतिशत फछ्र्योट भएको छ । उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तह त्यसपछि क्रमशः शिक्षा, स्वास्थ्य, सङ्घसंस्थामा रहेको छ । 

कार्यालयका प्रमुख काशीराज दाहालले भ्रष्टाचारजन्य गतिविधिमा नयाँनयाँ प्रविधि र प्रयोग बढिरहेको बताउँदै नयाँ पुस्तामा नैतिकता र सदाचारिताको विकास आवश्यक रहेको बताउनुभयो । 

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको विकास गर्ने वातावरण सिर्जना गर्नु आवश्यक भएको बताउँदै उहाँले आयोगको निर्णय कार्यान्वयनमा सञ्चारकर्मीको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक