2026-09-14 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

आफ्नै ठाउँमा सेवा नपाउँदा सास्ती

सिद्धराज भट्ट | भदौ ८, धनगढी | कैलालीको मोहन्याल गाउँपालिका–२ को घोडालङ्गे आधारभूत विद्यालयका शिक्षक घनश्याम न्युरेलाई गाउँपालिका कार्यालयबाट सिफारिश लिने कामका लागि धनगढी पुग्नुपर्यो । गाउँपालिका कार्यालय रहेको स्थान धनगढी पुग्नुपर्ने भएपछि उहाँलाई सिफारिश बनाउने काममा धेरै दिनको समय पनि लाग्यो । 

गाउँपालिकाको कार्यालय शुरुदेखि नै धनगढीको एक निजी घर भाडामा लिई सञ्चालन रहेको छ । “विद्यालयको शिक्षक दरबन्दी पूर्ति गर्ने प्रक्रिया अघि बढाउन गाउँपालिकाको सिफारिश चाहिने भएपछि धनगढीमा सञ्चालनमा रहेको गाउँपालिकाको कार्यालयमा पुग्नु पर्यो, न्यूरेले भन्नुभयो, “मोहन्यालमा नै कार्यालय भएको भए काम छिट्टै र सहज बन्थ्यो ।” 

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भनिए पनि अझै यो भनाइ व्यवहारमा देखिन नसक्दा गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढ्न थालेको छ । “सबै नेता अब सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्यो भन्थे, आफूले समान्य कामका लागि पनि धनगढी आउनुपर्ने बाध्यता अझै हटेको छैन”, अर्का सेवाग्राहीले भन्नुभयो । 

नयाँ सङ्घीय संरचनाअनुसार कैलालीमा कायम गरिएका १३ वटा स्थानीय तहमध्ये मोहन्याल गाउँपालिका र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका गाउँपालिका हुन् । पहिलेको तुलनामा स्थानीय तह अधिकार सम्पन्न भए पनि निर्वाचित प्रतिनिधिबाट आफ्नै क्षेत्रमा कार्यालय स्थापना गर्नमा भइरहेको कमी कमजोरीका कारण गाउँमा नै सेवा पाउन नसकिएको गुनासो सेवाग्राहीको छ । गाउँपालिकाका अध्यक्ष नवलसिं रावल भौगोलिक विकटताले बाटो, विद्युत्, सञ्चारजस्ता आधारभूत सेवा सुविधा पुग्न नसकेका कारण मोहन्याल गाउँपालिका क्षेत्रमा नै कार्यालय सञ्चालन गर्न नसकेको बाध्यता सुनाउनुहुन्छ । 

यो वर्षभित्र मोहन्याल गाउँपालिकाको फल्लेबिसौना गाउँमा कार्यालय सञ्चालन गर्नेगरी पूर्वाधार जुटाउने काममा लागेको रावलले जानकारी दिनुभयो । उक्त गाउँपालिकाको कार्यालय धनगढीमा सञ्चालन भइरहँदा वडा कार्यालय तराई क्षेत्रको घोडाघोडी नगरपालिकाको सुखड बजारमा सञ्चालनमा छन् । दुई वटा वडा कार्यालय मात्र सम्बन्धित वडामा सञ्चालनमा छन् । 

गाउँपालिकाको कार्यालय धनगढीमा सञ्चालन रहे पनि गाउँपालिका कार्यालयले प्रयोग गरेको ‘लेटर प्याड’मा भने ‘मोहन्याल गाउँपालिका, गाउँपालिकाको कार्यालय, खिमडी, कैलाली’ उल्लेख छ । नयाँ संरचना गर्र्दा साविकको सुगरखाल, मोहन्याल र पण्डौन गाविसलाई मिलाएर मोहन्याल गापा बनाइएको हो । 

चुरे गाउँपालिका कार्यालयको स्थान चार पटक फेरियो । स्थानीय तहको निर्वाचन भएको एक वर्षभन्दा बढी भएको छ । तर कैलालीको पहाडी क्षेत्रको अर्को चुरे गाउँपालिकाको कार्यालय सञ्चालन गरिने स्थान भने पटकपटक फेरिनेक्रम नरोकिँदा सेवाग्राही र कार्यालयका कर्मचारीको हैरानी भएको छ । सेवाग्राहीले सेवा लिन टाढा पुग्नुपर्ने त दुःख छ नै, कहिले कतै त कहिले कतै कार्यालय सारिंदा कर्मचारीलाई पनि हैरानी भएको छ । 

स्थानीय तहको निर्वाचन भएपछिको यो अवधिमा चुरे गाउँपालकाको कार्यालय चारपटक विभिन्न ठाउँमा सारिएकामा अहिले पाँचौँ पटक चुरे गाउँपालिका क्षेत्रमा सार्ने तयारी भइरहेको छ । यो अवधिमा गाउँपालिकाको कार्यालय चुरे गाउँपालिका क्षेत्रमा पर्ने अलाड र सहजपुर, गोदावरी नगरपालिकामा पर्ने अत्तरिया तथा धनगढीमा गरी चार पटक स्थान परिवर्तन गरी सञ्चालन भएकामा हाल कार्यालय पुनः चुरे गाउँपालिका क्षेत्रमै लैजाने तयारी भइरहेको हो । 

गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगर भौतिक पूर्वाधारको समस्या र सञ्चारको असुविधाजस्ता समस्याका कारण आफ्नै क्षेत्रमा गापाको कार्यालय सञ्चालन गर्न कठिनाइ भएको दाबी गर्नुहुन्छ । पहाडी क्षेत्रका साविकका सहजपुर, निगाली र खैराला गाविसलाई मिलाएर चुरे गाउँपालिका बनाइएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ