२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको फलेवास नगरपालिकामा पहिलोपटक टेलिफोन सेवा

९ भाद्र २०७५, शनिबार ०२:३९

लक्ष्मीप्रसाद सापकोटा | भदौ ९, पर्वत (रासस) | जिल्लाको दोस्रो नगरपालिका फलेवासमा ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न थालिएको छ । 

सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा परेको फलेवासमा नेपाल टेलिकम पर्वत शाखाले पहिलो पटक ल्याण्डलाइन टेलिफोन र इन्टरनेट विस्तार गर्न थालेको हो । अहिलेसम्म सिङ्गो नगरपालिकाका बासिन्दा मोवाइल फोनको भर पर्दै आएका थिए । 

टेलिफोन सेवा नहुँदा एडिएसएल र विभिन्न निजी कम्पनीको इन्टरनेट सेवा प्रयोग हुँदै आएको थियो । स्थानीय व्यवसायीले केही वर्षअघिदेखि ल्याण्डलाइन फोन माग गर्दै आएकामा बल्ल उक्त शाखाले सेवा विस्तारका लागि सबैजसो तयारी पूरा गरिसकेको जनाएको छ । 

अहिले टावर निर्माण तथा तार बिच्छ्याउने काम भइरहेको र असोजभित्रै सेवा शुरु गर्ने शाखाका निमित्त कार्यालय प्रमुख केशवप्रसाद भुसालले जानकारी दिनुभयो । 

यसअघि नेपाल टेलिकमले कुश्मा, पातीचौर, हुवास र जलजलाका बजार क्षेत्रमा ल्याण्डलाइन सेवा विस्तार गरेकामा महाशिला र विहादी गाउँपालिकामा पनि सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ । पछिल्लो समय एउटै व्यक्तिको हातमा दुईसम्म मोबाइल भए पनि ल्याण्डलाइन नै बढी प्रभावकारी हुने भएकाले स्थानीयबासी, सङ्घसंस्था र नगरपालिकाको समेत मागका आधारमा टेलिफोन विस्तार गर्न थालिएको हो । 


जाँडरक्सी, जुवातास, गाँजा मुक्त वडा बनाइँदै 

यहाँको एक विकट वडालाई जाँडरक्सी, जुवातास र गाँजा मुक्त बनाइने भएको छ । सभ्य समाज निर्माण गर्ने उद्देश्यले महाशिला गाउँपालिका– ३ बालाकोटलाई मदिरा र जुवातासमुक्त वडा बनाउन लागिएको हो । आगामी असोज १ गते गाँजा, जाँडरक्सी र जुवातासमुक्त घोषणा गर्ने गरी तयारी भइरहेको वडाध्यक्ष रोशन गुरुङले जानकारी दिनुभयो । 

‘गाँजा, रक्सी, जुवातास, गर्छ यसले सर्वनास’ भन्ने मूल नाराका साथ गाउँमा यस्ता पदार्थ बिक्री वितरण तथा उत्पादन र सेवनमा रोक लगाउने तयारी भएको हो । अहिले गाउँका सबै टोलमा जनचेतना जगाउने काम भइरहेको छ । प्रत्येक घरधुरीमा पुगेर अवैधरूपमा मदिरा उत्पादन, सेवन तथा बिक्री वितरण गर्न रोक लगाइएको छ । पहिलो चरणमा सबै नागरिकसम्म जनचेतना फैलाउने र नियन्त्रण भएपछि सो घोषणा गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

सामाजिक विकृति तथा हिंसाका घटना अन्त्य गर्नका लागि स्थानीय प्रहरी चौकी र वडा कार्यालयको संयोजनमा पूर्णरूपमा मादक पदार्थ तथा जुवा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

पुरै बालाकोटबासी सक्रिय भएको यो अभियानमा महाशिला गाउँपालिकाले सहयोग गर्ने भएको छ । समाजमा जनचेतनामूलक कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने गाउँपालिकाकाअध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार “गाउँपालिकाअन्तर्गतका छ वटै वडामा यो अभियान चलाइने भएको छ । 

गुरुङ, मगरलगायतको जनजातिको बाहुल्यता रहेको यो वडामा घरेलु मदिरा उत्पादन तथा सेवनबाट घरेलु हिंसा र अपराधिक क्रियाकलाप बढ्न थालेपछि यस्तो अभियान थालिएको स्थानीयको भनाइ छ । वडाध्यक्षको संयोजकत्वमा अहिले घरदैलो अभियान थालिएको छ । अभियानमा स्थानीयबासीले पनि सहभागिता जनाएको र सबै वडाबासी सकारात्मक देखिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो