2026-09-15 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

व्यक्तिको नाममा रहेको जग्गा मन्दिरको ठहर

भदौ ९, पोखरा | व्यक्तिको नाम देखिएका पोखरा लेखनाथ महानगरपालिका–३ स्थित नारायणस्थान मन्दिरको ५० रोपनी जग्गालाई गुठी संस्थान काठमाडौँले सोही मन्दिरको जग्गा भएको ठहर गरेको छ । 

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले आज यहाँ पत्रकार सम्मेलन गरी नौवटा कित्तामा रहेको सो जग्गा गत साउन ३० गते नारायणस्थान गुठीको नाममा कायम गरिएको सो अवसरमा जानकारी गराइयो । 

सो समितिका अध्यक्ष महेश पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानकै जग्गा ठहर गरी कानूनबमोजिम गुठीको स्वामित्व नभएसम्म हक हस्तान्तरण हुननसक्ने व्यवस्थातर्फ आवश्यक सचेतना अपनाई सो गुठीको जग्गा संरक्षण गर्नका लागि २०७३ साल माघ १० गते गुठी संस्थानमा पत्र पठाएपछि सो जग्गा नारायणस्थान गुठीमा प्राप्त भएको बताउनुभयो । 

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले उक्त जग्गा पोखरा लेखनाथ नगरपािलका–१४ मा ६ वटा कित्ता, वडा नं १६ मा दुई र १३ मा एउटा कित्ता रहेको जानकारी गराइयो । 

विसं १९४२ मा ब्रह्मचारी गणेश गिरीले सो मन्दिरमा स्थापना गरिएका लक्ष्मीनारायणको पूजापाठ, अतिथि सेवा, कृष्णजात्रा र पूजारीको खान्की समेतका ५० रोपनी जग्गा दानपत्र गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ