2026-09-15 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अनुकरणीय बन्दै माइला

भदौ ९, पोखरा | रोजगारीका लागि दैनिक ठूलो सङ्ख्यामा युवा विदेशिरहेको अहिलेको अवस्थामा यहाँका एक युवा भने सबैका लागि अनुकरणीय बन्नुभएको छ । 

पोखरा महानगरपालिका– ३३ सुतार्नेका माइला नामले परिचित ४० वर्षीय नीलबहादुर गुरुङ आफ्नो विदेश बसाइँका अनुभव समाल्दै व्यावसायिक भैँसी पालनमा जुट्नुभएको हो । रोजगारी खोज्दै जापानसम्म पुगेका उहाँलार्ई त्यहाँको परिवेशले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने पाठ सिकायो । 

“जापानमा त्यहीँका स्थानीयवासी पनि मेहनेतका साथ काम गर्दा रहेछन्, हाम्रोमा भने काम गर्नुपर्छ भन्ने भावना अझै विकास हुन सकेको छैन,”– उहाँले भन्नुभयो । विदेशमा गएर मरिमेटी काम गर्नसक्ने युवामा यहाँ भने काम नगर्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । 

एसएलसी दिँदै गर्दा २०५३ सालतिर भारतीय सेनामा भर्ती खुलेपछि लाहुरे हुने इच्छा उहाँलाई पनि जाग्यो तर सफलता मिलेन । त्यसपछि उहाँले करीब ६ वर्ष काठमाडौँ – पोखरा चल्ने रात्रि बस किनेर सञ्चालन गर्नुभयो । 

२०६० पछि एकदशक जापानमा बिताएका उहाँलाई त्यहाँको बसाइँले स्वदेशमा नै केही गर्नुपर्छ, भन्ने प्रेरणा दिएको हो । पोखरा– ३३ बाघमारा इन्द्रचोकमा २० रोपनी जग्गा लिएर व्यावसायिक भैँसी पालनमा लागेका माइलाको परिवार नै यतिखेर स्वरोजगार त बनेको छ नै, त्यसमा पनि अन्य दुईजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । दुई कर्मचारी आफूसहित श्रीमती सीता व्यावसायिक भैँसीपालनमा अहोरात्र खटेको र सबै खर्च कटाएर मासिक रु एक लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । 

शुरुमा रु २८ लाख लगानी गरेको माइलाको फर्ममा अहिले १३ वटा भैँसी तथा सातवटा पाडापाडी छन् । 

उहाँका अनुसार फर्ममा दैनिक सात भारी घाँस र दुईचरण कुँडो आवश्यक हुन्छ । फर्म सञ्चालन गर्नेलाई सरकारले ठाउँठाउँमा आर्थिक अनुदान दिने गरेको सुनिए पनि आफूले भने अहिलेसम्म त्यस्तो अनुदान प्राप्त नगरेको उहाँले बताउनुभयो । 

भैँसी पालनका लागि अत्यधिक पानी आवश्यक हुने भए पनि बाघमारामा पर्याप्त पानी नहुँदा पटक÷पटक समस्या भोग्नुपरेको उहाँको दुःखेसो छ । फर्ममा पशुसेवा केन्द्र, खुदीको सिफारिसमा यसअघि पशुसेवा कार्यालय पोखराबाट बाट प्राप्त मकैचरी घाँसको बीउ लगाएर भैँसीलाई खुवाइएको उहाँले जानकारी दिनुभयो । 

अहिले पनि फर्ममा केन्द्रबाट नेपियर, सियो चार जस्ता घाँसको बीउ ल्याएर लगाउन थालिएको छ । भैँसीले दूध दिने अवस्थासम्म दूधको व्यापार र त्यसपछि मासुको प्रयोजनमासमेत बिक्री हुने गरेका कारण पछिल्लो समयमा भैँसी पालनतर्फ निकै आकर्षण बढिरहेको छ । 

भैँसीको दूध प्रतिलिटर रु एक सय २० मा बिक्री हुने गरेको जानकारी दिँदै माइलाले बजारमा अत्यधिक मागका कारण त्यसअनुरुप दूध पु¥याउन धौधौ भएको अनुभव सुनाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ