२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनश्रमदानमा सडक मर्मत अनी कृषि व्यवसायका लागि गाउ पुग्नेलाई स्वागत

३ आश्विन २०७२, आईतवार ०३:५२

नविन रावत, असोज ३, सल्यान / सल्यानको अग्लो मध्ये स्थानमा पर्ने कुमाखको काखमा पर्ने चिनाली सम्मका लागि ट्याक्सी जाने बाटो मर्मतमा स्थानियबासी आफै लागेका छन ।
मर्मपरिकाँडा र चाँदेकरेन्जीबासीले चौरजहारीका लागि ढोरचौरबाट नजिक पर्ने गरि सुरुवात गरिएको सडकमा मर्मपरिकाँडाको गुरुदासेसम्म बाटो पुगेकोले आवतजावतमा सहजपुग्ने गर्दछ ।

अरु समयमा सडक सुचारु भएता पनि बर्षायाममा बाटो बन्द हुने गर्दछ । सल्यानको ढोरचौरबाट चौरजहारी पुग्नलाई छोटो बाटो हुने उक्त सडकको स्तर उन्नती र निर्माणलाई सरोकारवाला निकायले ध्यान नदिदा स्थानियबासी आफै जनश्रमदानमा सडक मर्मतमा लागेकाहुन ।

उनिहरुले ५ किलोमिटर बाटो निर्माण गरिसकेका छन भने अव केहि दिनमा बाँकी ४ किलोमिटर बाटो सम्पन्न गरिसक्ने जनाएका छन ।
दुई गाविसबाट ६०/६० जना गरि जम्मा १२० जनाले जनश्रमदान गरिरहेको चिनालीबाट स्थानिय स्वास्थ्यकर्मी चन्द्र बहादुर रोकाले जनाएका छन ।

आज सडक निर्माणका क्रममा नै उनिहरुले जिल्ला कृषि विकास कार्यालय बाट गएको टोलीलाई स्वागत पनि गरेका छन । मर्मपरिकाँडाको गुरुदासेमा मौरीको सम्भाव्यता अध्ययनका लागि गएको वरिष्ट कृषि विकास अधिकृत टेकप्रसाद लुइटेल सहितको टोलीलाई उनिहरुले स्वागत गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला