पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २१, कैलाली । प्रहरीले कैलालीको चुरे गाउँपालिका-५ भिमदत्त राजमार्गबाट एकजनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट खानिडाँडाबाट खटिइएको प्रहरीको टोलीले शंकाष्पद अवस्थामा हिँडिरहेको बेला चेकजाँच गरी सोही ठाउँका पूर्णबहादुर धामीलाई चरेससहित पक्राउ गरेको हो ।

धामीको साथबाट प्लाष्टिकको झोलाभित्र लुकाएको ८ सय ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीले जानकारी दिए ।

धामीविरुद्ध लागू औषध ओसारपसार अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ |