पाेखरा,२२ भदाै ।कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीकाे आयोजनामा बजार प्रतिनिधिहरुको लागि क्षमता अभिवृद्धि सम्बन्धि १ दिवसीय तालिम पोखरामा सम्पन्न भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पाेखरा,२२ भदाै ।कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीकाे आयोजनामा बजार प्रतिनिधिहरुको लागि क्षमता अभिवृद्धि सम्बन्धि १ दिवसीय तालिम पोखरामा सम्पन्न भएको छ ।

2026-09-15 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कोअपरेटिभ म्यानेजर्स क्लव को क्षमता अभिवृद्धि तालिम सम्पन्न

पाेखरा,२२ भदाै ।कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीकाे आयोजनामा बजार प्रतिनिधिहरुको लागि क्षमता अभिवृद्धि सम्बन्धि १ दिवसीय तालिम पोखरामा सम्पन्न भएको छ ।

कास्कीमा रहेका सहकारीमा काम गर्ने बजार प्रतिनिधीहरुलाइ लक्षित गरि कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष मिलन ढकालले जानाकारी दिए । कास्कीमा सहकारीको विकास क्रम संगै थुप्र्रै तालिमहरु सञ्चालन भएता पनि बजार प्रतिनिधिको लागि तालिम आयोजना भएको यो पहिलो पटक भएको बताउदै सहकारी संस्थाहरु घर घरमा गएर सेवा त दिन्छन तर सहकारीको मर्म र भावना अनुसार सदस्य बनाई सेवा दिनुपर्ने भएकोले यो तालिम आयोजना गरिएको हो ।आगामी दिनमा समेत सहकारी सम्बन्धी आवश्यक तालिमको लागि ऋःऋ कास्कीले सम्पुर्ण कास्कीमा क्रियाशिल सहकारी संस्थालाई प्राविधिक सहयोग उपलव्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।


तालीमलाइ सहजीकरण गर्दै नेफस्कुनका सञ्चालक एवं सहकारीका केन्द्रीय प्रशिक्षक भीमबहादुर गुरुङ्गले यस्तो तालिमले कर्मचारीहरुमा नयाँ उर्जा थपेको महशुश भएको बताए ।कुशल व्यवस्थापक निर्माण गर्ने र गुणस्तरिय सहकारी संस्था निर्माण गर्ने मुल उद्धेश्यका साथ स्थापित क्लवले हाल संस्थामा कार्यरत कर्मचारी, सञ्चालक, लेखा समिति र शेयर सदस्यलाई समेत तालिम प्रदान गर्ने नीति अख्तियार गर्दै अगाडी बढेको ढकालले बताए ।


तालिम २६ वटा सहकारी संस्थाका ४७ जना कर्मचारीहरुले भाग लिएका थिए । कास्की जिल्लामा एउटा जिल्ला सहकारी संघ ५ वटा विषयगत संघहरु र ६ सय २९ प्रारम्भिक सहकारी संस्थाहरुमा कार्यरत झण्डै २ हजार कर्मचारीहरु क्रियाशिल छन । क्लवले बिगत देखिनै सहकारी संस्थामा कार्यरत व्यवस्थापक र कर्मचारीहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ