2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्टिय फलफुल तथा तरकारी थोक ब्यबसायी संघमा निर्मल बास्तोला निर्बाचित

कमल सुबेदी | भाद्र ३१ ,पोखरा |राष्ट्रिय फलफुल तथा तरकारी थोक ब्यबसायी संघ कास्कीको अध्यक्षमा  निर्मल प्रसाद बास्तोला  निर्वाचित भएका छन् । संघ को ८ औ अबिधेशनले आगामी २ बर्षका  लागि बास्तोलाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती निर्बाचित भएका हुन । जसको उपाध्यक्षमा राधिका थापा ,सचिबमा सरास्वति श्रेष्ठ (सरु) कोषाध्यक्षमा राम प्रसाद  लामिछाने निर्वाचित भएका छन भने  सह सचिबमा निर्बिरोध कृष्ण प्रसाद धोबी निर्बाचित भए । सदस्य हरुमा निरोज मैनाली ,दुर्गा प्रसाद कडेल ,लाल प्रसाद ढकाल र सोति लाल साह निर्बाचित भएका छन् । अध्यक्ष बास्तोलाको ८० मत आयो भने निकटतम प्रतिद्धन्दी  राजेन्द्र बहादुर खत्रीले ५५ मत ल्याए ।

उपाध्यक्षमा तिन जनाको उमेद्धारी परेको थियो   जस मध्य राधिका थापाको ६८ मत, दुर्गा प्रसाद श्रेष्ठको ४८ मत, अक्कल बहादुर सिकेको ९ मत आयो । सचिवमा सरस्वती श्रेष्ठ  (सरु) को  सर्बाधिक ८९ मत ल्याइन भने उनका निकटतम प्रतिद्धन्दी गोर्कण अधिकारीले जम्मा  ४१ मत ल्याउन सफल भए  । कोषाध्यक्षमा राम प्रसाद लामीछानेको ८० मत आयो भने उनका प्रतिद्धन्दी शम्भु अधिकारीले  ५४ मत  ल्याए । सदस्यमा निरोज मैनालीको ७५मत ,केशब बहादुर पुलामीको ४६ मत ,दिपक श्रेष्ठको ४४ मत ,दुर्गा प्रसाद कडेलको ७६मत , लाल प्रसाद ढकालको ५४ मत ,खेमराज ढकालको ३२ मत ,मान ब. मगरको २८अम्बिका सापकोटाको ५२ मत ,सोति लाल शाहको ६४ आएको निर्बाचन कमिटिका सदस्य बिष्णु बास्तोलाले जानाकारी दिए ।  

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ