2026-11-04 07:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

देवरानी – जेठानीको झगडाले शिशुको मुखमा एसिड, ६ महिले बालकको मृत्यु

असोज ५, अछाम । तुर्माखाद गाउँपालिका ४ चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छ्यापिएको घटना पािरिवारिक कलहकै कारण भएको खुलेको छ । 

उनकी २१ बर्षीया काकी जानकी बयकले प्रहरीसमक्ष पारिवारिक कलहकै कारण आफैंले एसिड छ्यापेको स्वीकारेकी छन् । 

मृतककी आमा र जानकी घरका जेठानी देवरानी हुन् भने माइतिघरका सहोदर दिदीबहिनी पनि हुन् । मुस्कानका बुबा महावीरले बेलाबेला झगडा पर्ने गरेको बताए । 

‘मेरो छोरो गर्भमा हुँदा जानकीले छोरो जन्मिए ज्युँदो नराख्ने धम्की दिएकी थिइन् । उनले भने, मेरो श्रीमतिले उनलाई २ सय ५० रुपैयाँ तिर्नुपर्ने थियो । पैसा तिर्न आलि ढिलो भए पछि उनले भदौ २९ गते झगडा गरेकी थिइन् । त्यसै दिन अबको दुई दिनपछि तलाईं देखाइदिन्छु भनेकी थिइन् । नभन्दै २ गते छोरामाथि यस्तो घटना भयो ।’ प्रहरीसँगको बयानमा जानकीले भनेकी छन्, ‘बच्चा रुन थालेपछि पानी हो भनेर २ थोपा खुवाएकी हुँ ।’

बयानका क्रममा दिदीबहिनीको झगडा भइराख्ने र २९ गते  पनि लेनदेन विषयमा भनाभन भएको स्वीकारेको प्रहरीले जनाएको छ । आजको कान्तिपुरको पृष्ठ ८ मा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै