३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमको ४ सय ८ हेक्टर वनमा आगलागी

९ बैशाख २०७३, बिहीबार २०:११

गणेश सिर्पाली । वैशाख–१०, रुकुम । लामो समय सम्मको खडेरीका कारण रुकुमका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा आगलागीका घटना बढेका छन । जिल्ला वन कार्यालयले दिएको जानकारी अनुशार यो वर्षको अहिले सम्म १० ओटा सामुदायिक तथा राष्ट्रिय वन गरी ४ सय ८ हेक्टर क्षेत्रफलमा डडेलो लागेको छ ।

यो क्षेत्रफल जिल्लाको कुल बन क्षेत्रको शुन्य दशमलव २३ प्रतिशत हो । जिल्लाको १ लाख, ७१ हजार, १ सय, ९४ हेक्टर जमिन बन क्षेत्रले ओगटेको छ । जिल्लाका विभिन्न इलाकामा पर्ने वन क्षेत्रमा आगलागी हुँदा विभिन्न बहुमुल्य जडबुटी, बन्यजन्तु तथा बोट विरुवा जलेर नष्ट भएका छन् ।

आगलागी हुँदा वर्षेनी वन क्षेत्रमा कमीसमेत आईरहेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लाको सन्दर्भमा स्थानियले घर वरीपरीको खरवारीमा आगो लगाउँदा अनियन्त्रित भई वनमा लाग्ने ठुलो समस्या रहेको कार्यालयको भनाई छ ।

त्यस्तै लामो समयदेखी खडेरी परेका कारण बनमा रहेका ढुंगा खस्दा ठोक्किएर आगो लाग्ने र वनमा हिड्ने व्यक्तिले चुरोटका ठुटा जथाभावी फाल्दा पनि आगो लाग्ने समस्या रहेको छ । आगलागीका घटनालाई कम गर्न सचेत रहन जिल्ला वन कार्यालयले सबैमा आग्रह गरेको छ ।

सानो सजगताले पनि आगलागीका घटना कम गर्न सकिने भन्दै वनमा आगो नलैजान, घर वरीपरि आगो लगाउँदा विशेष ध्यान दिन, चुरोटका ठुटा जथाभावी नफाल्न कार्यालयको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’