३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

एमाले नेता खिमलाल खड्काको स्मृति दिवस

१० बैशाख २०७३, शुक्रबार ०२:५९

गणेश सिर्पाली, वैशाख–१०, रुकुम । तत्कालिन द्धन्दको समयमा राज्यद्धारा हत्या गरिएका नेकपा एमाले पेउघाका नेता खिमलाल खड्काको १४औं स्मृति दिवस आज सदरमुकाम मुसिकोट स्थित मदनआश्रित स्मृति भवनमा सम्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर केसीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले रुकुमका पुर्व अध्यक्ष ठगेन्द्रप्रकाश पुरी, पुर्व उपाध्यक्ष देवी ओली, शहिद खिमलाल खड्काका छोरा एवं एमाले जिल्ला सचिवालय सदस्य धनराज खड्का, छोरा खिमलाल खडका, शेरमान खड्का लगाएतको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष बिमलकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य केसीले शहिदको सपना साकार पार्न पार्टीपंक्ती एकजुट हुनुपर्नेमा जोड दिनुभयो । यसैविच नेकपा एमाले घेत्मा गाँउ कमिटी अन्र्तगत वडा नं ८ बाँके ज्युलाको वडा भेला सम्पन्न भएको छ । घेत्मा गाँउ कमिटीको संगठन बिस्तार कार्यक्रम अन्र्तगत भएको भेलाबाट खिमा पुनको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा कृष्णा पुन, सचिव सिता केसी (ए) र उप सचिवमा सिता केसी (बी) रहेको जनाईएको छ । घेत्मा गाँउ कमिटी अध्यक्ष मनबहादुर खत्रीको प्रमुख आथित्यतामा भएको भेलामा गाँउ कमिटी उपसचिव बिनोद पुन र सदस्य कुमारी मल्लको आथित्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’