२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा दाहसंस्कार स्थल बनाउन महामहोत्सव

१० आश्विन २०७५, बुधबार ०४:२४

असोज १०, सुर्खेत (रासस) | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ । 

कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको मङ्गलबार उद्घाटन गर्नुभयो । सुर्खेतको वीरेन्द्रनगर–११ स्थित भेरी नदीे किनार समझीघाटमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि भेरीगङ्गा समझीघाट सांस्कृतिक, धार्मिक महा–महोत्सव आयोजना गरिएको हो । 

सबै धर्म संस्कृति र संस्कार मान्ने समुदायका लागि छुट्टा–छुट्टै दाहसंस्कार स्थल बनाउन लागिएको हो । दाहसंस्कारस्थल निर्माणका लागि रकम जुटाउन यही असोज १६ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा ‘भेरीगङ्गा समझीघाट सांस्कृतिक धार्मिक महा–महोत्सव’आयोजना गरिएको हो । सबै धर्मालवम्बीको सहयोग र समन्वयमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति सुर्खेतका सयोजक छविलाल सिग्देलले जानकारी दिनुभयो । 

विद्युतीय शवदाह यन्त्रसहितको स्मार्ट आर्यघाट निर्माण गर्दा वनजङ्गलको विनाश तथा वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । महोत्सवमा इच्छुक दाताले भूमि तथा तुलादान गर्न सक्ने मूल आयोजक समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा