२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

उद्योग वाणिज्य संघमा मुस्लिम प्रतिनिधित्वको माग

७ आश्विन २०७२, बिहीबार ०४:४४

असोज ७, प्यूठान / जिल्लाका मुस्लिम व्यवसायिहरुले प्यूठान उद्योग वाणिज्य संघको आशन्न नवौ अधिवेशनबाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्वको माग गरेका छन् । जिल्लाका विभिन्न बजार केन्द्रहरुमा व्यवसाय गरि बस्ने मुस्लिम समुदायका अगुवाहरुले यस्तो माग गरेका हुन् ।

pyuthan photo‘हामी जितेर जान नसक्ने भयौँ ।’ ढुङ्गेगढी–३ वड्डाँडामा कपडा तथा फेन्सी व्यवसायि गरि बस्ने मोहम्मद हलिम मिँयाले भन्नुभयो, ‘संघको विधानले मुस्लिम प्रतिनिधित्वको स्पष्ट व्यवस्था गर्नु पर्दछ ।’ जायज माग सम्बोधन नगरिए संघको सदस्यता लिईरहन आवस्यक समेत नभएको मिँयाले प्यूठान समाचारलाई बताउनुभयो ।
‘मुस्लिमहरुको पनि उद्योग वाणिज्य संघमा अपनत्व हुनु प¥यो ।’ वड्डाँडा बजार ईलाकाका उपाध्यक्ष मोहम्मद मर्सदिन मिँयाले भन्नुभयो । सक्षम र सबल हुँदाहुँदै पनि अल्पसंख्यक भएकै कारण निर्वाचित् हुन समस्या भएको मिँयाको भनाई छ । अनिवार्य मनोनीतको व्यवस्था अबको अधिवेशनले निर्णय गर्नु पर्ने मिँयाको माग छ ।
व्यवसायीहरुका हक अधिकारको संरक्षण एंव सम्वद्र्धन गर्न स्थापित संघमा पछिल्लो समयमा देखिएको राजनीतिक हस्तक्षेप प्रति मुस्लिम व्यवसायिहरुले चिन्ता व्यक्त गरेका छन् ।
जिल्लामा छरिएर रहेका मुस्लिम व्यवसायीहरुलाई एकिकृत गर्न समेत अबको अधिवेशनबाट जिल्ला कार्यसमितिमा मुस्लिम व्यवसायिको पँहुच पुग्नुपर्ने बाहानेका व्यवसायि सनम मिँयाले बताउनुभयो । ‘जिल्लाको व्यापार प्रवद्र्धनमा हामीहरुको महत्वपूर्ण भूमिका रहेको छ ।’ मिँयाले भन्नुभयो । बाहाने ईलाकाको कार्यसमितिमा मुस्लिमलाई सहभागी नगराईएकोमा मिँयाले चिन्ता व्यक्त गर्नु भयो ।
‘सुर्य जि। को पाला देखि कुरा उठाएको हो ।’ विजुवारमा व्यवसाय गरि बस्ने कलिम मिँयाल भन्नुभयो, ‘व्यक्ति विशेषको मात्र चाहानाबाट नभएर संघको विधान मार्फत आरक्षणको व्यवस्था हुनुपर्दछ ।’
संघको नवौं अधिवेशनमा मुस्लिम प्रतिनिधित्वको विषयमा छलफल हुने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष माधवराज भण्डारीले बताउनुभयो । ‘विधानमा उल्लेख नभएपनि छुट्टै मुस्लिम कोटाको व्यवस्था गर्न सकिन्छ ।’ भण्डारीले भन्नुभयो । जिल्लाका दरभान, वड्डाँडा, दाखाक्वाडी, बिजुवार, बाग्दुला, बाहाने, मच्छी, खलङ्गामा मुस्लिम व्यवसायिहरुले कपडा फेन्सी, कस्मेटिक, जुत्ताचप्पल, खाद्य तथा किराना व्यवसाय गरि बर्सौ देखि व्यापार गर्दै आएका छन् ।यहि असोज ११ गते सँघको नयाँ नेतृत्व चयन गर्दै छ।फाइल फोटो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला