२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

साँघुरा पुलका कारण दुर्घटना वृद्धि

२७ आश्विन २०७५, शनिबार ०८:४९

असोज २७, परासी (रासस) | भैरहवा–भुमही सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ मा पर्ने रामखण्डा खोला पुलको मर्मत सम्भारमा ध्यान नपुग्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकको तुलनामा पुल निकै साँघुरो र जीर्ण अवस्थामा पुग्दा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको यात्रुको गुनासो छ । 

यही पुलका दुर्धटना हुँदा धेरैले ज्यान गुमाइसकेका छन् भने कैयौँ घाइते भएका छन् । भैरहवा–भुमही सडक खण्ड औद्योगिक क्षेत्रको रूपमा परिणत हुँदै जानुका साथै सुनौली भन्सार हुँदै ४०÷५० टन सामग्री बोकेर आउने ट्रकको आवतजावत पनि यसै सडकमा बढी हुने गरेको छ । क्षमताभन्दा बढी भारका कारण सो पुल दिन प्रतिदिन कमजोर बनेको छ । 

पुल छेउछाउमा ट्राफिक चिन्ह्समेत नहुँदा विशेषगरी रातको समयमा आवातजावत गर्ने सवारी साधनले सो पुलमा जोखिम मोल्नु परेको छ । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सो सडक सडक बोर्डअन्तर्र्गत पर्ने भएकाले तत्काल निर्माण गर्न निर्देशन दिने बताउनुभयो । 

एशियाली विकास बैंकको सहयोगमा सो सडक निर्माण भएको हो । सडक निर्माण कम्पनीले सडक खण्डभित्र पर्ने पुल निर्माण नगरेका कारण पुलको अवस्था जीर्ण बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य