२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा आफ्नै साथीबाट एकको हत्या, एकजना गम्भीर – यसरी भयो हत्या

२०७५, ६ कार्तिक मंगलवार १०:१४

कात्तिक ६, परासी | नवलपरासीमा आफ्नै साथीको समुहद्वारा एक पुरुषको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् । पुरानो रिसइबीको बिषयलाई लिएर उक्त समुहले पाल्हीनन्दन गाउँपालिका १ सुनरी बस्ने ३६ वर्षीय गणेश मल्लाहको हत्या गरेको हो । मल्लाह सो समुहकै एक सदस्य हुन् । त्यस्तै पाल्हीनन्द गाउँपालिका ३ कुश्मा बस्ने ३६ वर्षीय नर्वदेश्वर चौहान भने गम्भीर घाइते भएका छन् ।

व्यापारको सिलसिलामा उनीहरुबीच एक महिना अघि विवाद भई झगडा समेत भएको थियो । त्यसै झगडाको बिषयलाई लिएर मल्लाह र चौहानसँग बदला लिने निहुँमा उनीहरुमाथि सांघातिक आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणमा परि मल्लाहको मृत्यु भएको छ भने चौहान गम्भीर घाईते भएका छन् । घाइते चौहानलाई जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा उपचार गराईरहिएको छ । मल्लाहको हत्या गरेर फरार रहेकाहरु आक्रमणकारीहरुलाई प्रहरीले खोजि कार्य जारी राखेको छ । 

हत्या भएको दिन अर्थात हिजो राती ९ बजे सरावल गाउँपालिका ६ बडहरा दुबौलियामा रहेको घाइते चौहानको खेती हेरेर मल्लाह र चौहान घर फर्किदै थिए । दुवैजना खेत गएको मौका छोप्दै व्यापारी साथीहरुले प्रतापपुर गाउँपालिका ४ बर्दघाटे पुलमा उनीहरुलाइ भेटेर कुरा गर्ने भनि बोलाएका थिए । 


आक्रमण गर्ने सुमहले बर्दघाटे पुलमा बोलाएर मल्लाह र चौहानलाई मार्ने योजना बनाएका थिए । बर्दघाटे पुलमा मल्लाह र चौहान आएपछि आफ्नो कुरामा अल्झाउँदै पछाडीबाट चौहानको टाउकोमा रड प्रहार भएको थियो । रड प्रहार भएपछि चौहान बेहोस भए । लगत्तै आक्रमणकारीहरुले मल्लाहलाई पनि रडले टाउकोमै हानेर हत्या गरेका थिए । 

राती ११ बजे चौहानलाइ होस आयो र उनि घटनास्थलबाट भागेर घर आए । चौहानले नै सबै घटना प्रहरीलाई सुनाएका थिए । घटना पछि प्रहरीले मल्लाह शवको पोष्ट मार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पतालमा ल्याएको थियो ।

व्यापारकै लागि मल्लाहले करिब ४ लाख रुपैयाँ आफना साथीहरुलाई दिएका थिए, जसको हिसाबकिताब नपाएपछि सहानी र उनका साथीहरुबीच विवाद शुरु भएको थियो । यस बिषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश