२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा सिक्काको दुरुपयोग बढ्दै

२८ कार्तिक २०७५, बुधबार १०:०८

कात्तिक २८, बेत्रावती | नुवाकोटको ग्रामीण भेगमा नेपाली सिक्का (पैसा)को दुरुपयोग बढ्दै गएको छ । 

सिक्का गालेर विभिन्न स्वरूपका गहना बनाउने होडबाजीले पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा सिक्काको दुरूपयोग बढ्दै गएको हो । यस सम्बन्धमा प्रहरीसमक्ष सूचना आए पनि उजुरी नपर्दा नियन्त्रणमा कठिनाइ भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले बताउनुभयो । 

नेपाल राष्ट्र बैङ्कले सन् १९९८ मा ‘नेपाल भ्रमण वर्ष’को स्मरणमा जारी गरेको ‘भिजिट नेपाल नाइन्टी एट’ उल्लेखित पित्तलको सिक्का गालेर गहना बनाउनेक्रम गाउँगाउँमा बढिरहेको छ । सोही कारण ती सिक्का अहिले यहाँको बजारमा हराउँदै गएका छन् । 

पछिल्लो एक वर्षको अवधिमा भिजिट नेपाल उल्लेखित रु एकदेखि दशसम्मका सिक्का गालेर औँठी, मुन्द्रा, सिक्री, बालालगायतका गहना बनाउने गतिविधिले सो सिक्का हराउँदै गएको हो । गहना बनाउन यहाँ ती सिक्का रु ५०० देखि एक हजारसम्ममा खरीद–बिक्री हुने गरेको यहाँका सुनचाँदी व्यवसायी बताउँछन् । “पित्तलको सिक्काबाट बनेको गहनाको रङ झट्ट हेर्दा सुनजस्तै देखिन्छ ।” नाम बताउन नचाहने एक व्यवसायीले भने “सिक्का गालेर गहना बनाउन नपाइने थाहा भए पनि थोरै मेहनतमा राम्रो कमाइ हुने भएकाले लुकिछिपी काम गर्दै आएका छाँै ।” 

‘भिजिट नेपाल नाइन्टी एट’ उल्लेखित सिक्का पित्तलबाट बनेको हुनाले सहजै गालिने र त्यसबाट बनेका गहना सुनको जस्तै देखिने हुँदा सो सिक्काको दुरुपयोग रोक्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

रङ्गेहात नियन्त्रणमा लिन नसकिएको र उजुरी पनि नआउँदा कारवाही गर्न कठिन भएको प्रहरी प्रमुख कुँवरले बताउनुभयो । सिक्काको स्वरूप बिगार्ने मात्र नभई नोटमा समेत केरमेट गर्ने, नाम–ठेगाना उल्लेख गर्ने गतिविधिलाई कारवाहीको दायरामा ल्याउने प्रयासमा प्रहरी जुटेको छ । 

मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा मुद्रासम्बन्धी कसुरमा दफा २६३ को उपदफा १ मा “अधिकार प्राप्त अधिकारीको आदेशबिना कसैले मुद्राको रूपमा ग्राह्य भएको बैङ्क नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन” उल्लेख छ । 

उक्त दफाको उपदफा २ मा कसैले बैङ्क नोटमा लेख्न वा कोर्न नपाइने व्यवस्था छ । उपदफा (१) वा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महीनासम्म कैद र रु पाँच हजारसम्म जरिवाना हुने उल्लेख गरे पनि कानूनी दायरामा ल्याउन प्रमाण जुटाउन कठिन बनेको प्रहरीको भनाइ छ । 

प्रहरी प्रमुख कुँवरका अनुसार अपराधमा संलग्नलाई तथ्य प्रमाणको खोजी गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन भने प्रयास भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य