२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पालुङटारमा नेवाः घरबास सञ्चालनमा

२०७५, ३ मंसिर सोमबार ०८:५४

मङ्सिर ३, गोरखा | पालुङटार नगरपालिका–५ ठाँटीपोखरीको जौवारी टोलमा पहिलोपटक लिगलिग पालुङटार नेवाः घरबास सञ्चालनमा आएको छ । ठाँटीपोखरी नेवाः देय् दबुले नेवार समुदायको सात घरमा घरबासको शुरुआत गरेको हो । 

नेवाः देय् दबुका अध्यक्ष धनप्रसाद श्रेष्ठका अनुसार पालुङटार क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ‘घर साझेदारी गरौँ, खुशी बाडौँ’ नाराका साथ घरबासको अवधारणा ल्याइएको हो । नेवाः घरबासमा आउने पर्यटकले बेलुकी नेवारी परिकारसहितको खाना, बिहानको खाजा र एकरात बास बस्नका लागि प्रतिव्यक्ति रु ९०० तिर्नुपर्ने छ । “पर्यटकले नेवारी संस्कृतिका बारेमा जान्न पाउनेछन्,” श्रेष्ठले भन्नुभयो । 

घरबास सञ्चालन गर्न नेवाः देय् दबुले ‘लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी’सँग सहकार्य गरेको छ । घरबासको आम्दानीमध्ये स्थानीय समुदायले ८० प्रतिशत तथा इन्भेस्टमेन्ट कम्पनी र ठाँटीपोखरी नेवाः देय् दबुले १०÷१० प्रतिशत लिने सहमति भएको सो कम्पनीका सञ्चालक किरण गिरीले बताउनुभयो । “पाहुनाको आगमनसँगै घरबासलाई प्रवद्र्धन र विकास गर्दै लैजाने योजना छ,” उहाँले भन्नुभयो । घरबास सञ्चालन गर्न स्थानीय नेवार समुदायलार्ई विभिन्न नेवारी कला, संस्कृति तथा परिकार बनाउने तालीम दिइनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते