Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स

२०७५, १० मंसिर सोमबार १०:४८

मङ्सिर १०, कैलाली | आर्थिक वर्ष २०७४÷७५ को साउन महीनादेखि वितरण शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।

सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव २०७५÷७६ को कात्तिक मसान्तसम्म स्मार्ट लाइसेन्सका लागि करीब ६७ हजार जनाले आवेदन दिएका थिए । सोही अवधिसम्म ४२ हजार आठ सय ७६ थान लाइसेन्स वितरण गरिएको छ । उहाँले शुरुआतमा लाइसेन्स नवीकरण गर्नेलाई मात्र स्मार्ट लाइसेन्स वितरण गरिँदै आए पनि हाल भने नयाँ लाइसेन्सका लागि आवेदन दिने, प्रतिलिपी बनाउने, थप सवारी चालक अनुमति पत्र बनाउने लगायतलाई स्मार्ट लाइसेन्स वितरण गरिँदै आएको बताउनुभयो । 

त्यसैगरी सेती अञ्चल यातायात कार्यालयले चालु आवमा हालसम्म झण्डै रु १२ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले सवारीसाधन कर, चालक अनुमति पत्र दस्तुर, सवारी दर्ता किताब सम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने कर लगायतका राजश्व शीर्षकबाट रु १२ करोड ३८ लाख ७५ हजार राजश्व सङ्कलन गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित