२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

हरियाली बढाउँदै निजी वन

१९ मंसिर २०७५, बुधबार ०४:२०

मङ्सिर १९, घोराही (रासस) | हापुर–५ का श्रीलोचन लामिछाने निजी वनका पारखी हुनुहुन्छ । उहाँले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको आफ्नो १०१ कट्ठा जग्गामा वृक्षरोपण गर्नुभएको छ । जिल्ला वन कार्यालयबाट स्वीकृति लामिछानेले निजी जग्गामा बिरुवा रोपेर हरियाली बनाउनुभएको हो । 

घोराही उपमहानगरपालिका–१६ का प्रेमराज लोहोनीले पनि आफ्नो जग्गामा निजी वन बनाउनुभएको छ । उहाँले १३६ कट्ठा जग्गालाई २०४३ सालमा निजी वनमा परिणत गर्नुभएको हो । घोराही–५ धर्नाका सकुन्ताला श्रेष्ठले पनि घोराही–७ सर्रामा ५७ कट्ठा जग्गामा निजी वन बनाउनुभएको छ । यस्तै घोराही–१४ का विमला खत्रीले पनि तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको ८० कट्ठा जग्गामा निजी वन बनाउनुभएको छ । उनीहरु जस्तै जिल्लाका करीब ३०० व्यक्तिले विभिन्न ठाउँमा आफ्नो निजी जग्गामा वन बनाउनुभएको छ । 

जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार एक कट्ठादेखि करीब २५० कट्ठासम्मको जग्गामा व्यक्तिले निजी वन बनाएका छन् । जिल्लामा करीब चार हजार ८१ कट्ठा अर्थात् १३८ हेक्टर जमीन निजी वनले ओगटेको तथ्याङ्क छ । चालु आर्थिक वर्ष २०७३/७४ मा मात्र करीब दुई दर्जन बढी व्यक्तिले जिल्लामा आफ्नो जग्गालाई निजी वनमा परिणत गरेका छन् । चालु आवमा पनि कार्यालयले निजी वन दर्ता प्रक्रियालाई अगाडि बढाएको छ । सूचना अधिकृत खिमबहादुर केसीका अनुसार कार्यालयले निजी वन बनाउने व्यक्तिलाई प्रोत्साहन तथा पुरस्कृत गर्दै आएको छ । 

निजी वन विकास तथा वृक्षरोपणको लागि केन्द्रीय वन नर्सरी, सेक्टर वन नर्सरी, इलाका वन नर्सरी तथा निजी नर्सरी सञ्चालकबाट आव २०७४/७५ मा करीब नौ लाख बिरुवा खरिद गरेर वितरण गरेको सूचना अधिकृत केसीले बताउनुभयो । ती सबै बिरुवा कार्यालयले निजी वनलाई वितरण गरेको थियो । ‘अहिलेका बिरुवा तपार्इं÷हाम्रा नानीका भविष्य हुन्, यिनको संरक्षण र उपयुक्त व्यवस्थापन गर्नु हाम्रो कतव्य हो’ नारा लिएर कार्यालयले निजी वन विकास गर्न प्रोत्साहन गर्दैआएको छ । अहिले निजी वनप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ