२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

राउतबेँसी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन

१९ मंसिर २०७५, बुधबार ०७:३५

मङ्सिर १९, बेत्रावती | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ स्थित राउतबेँसी स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यको समन्वयमा जर्मन सहयोग नियोग (जिआइजेड)ले प्रयोगशाला सेवा सञ्चालनमा ल्याउन सहयोग पुर्याएको हो । 

जिल्लाको विकट बस्तीमा पर्ने चौकीमा सुरु भएको प्रयोगशालामा कलेजो, मिर्गौला, रक्तचाप, थाइराइड, दिसापिसाब, खकार, रगत लगायतको परीक्षण गर्ने गरिन्छ । प्रयोगशाला सञ्चालनमा आएपछि बिरामीलाई प्रत्यक्ष फाइदा पुग्ने वडा नं ३ का अध्यक्ष धु्रवकर केसीले जानकारी दिनुभयो । 

स्वास्थ्य चौकीमा जिल्लाकै उत्कृष्ट सेवा प्रदान गर्नसक्ने गरी गाँउपालिकाले प्रसूति सेवा पनि यसै वर्षदेखि सञ्चालनमा ल्याएको छ । गाउँपलिकाका अन्य छवटा वडाहरुमा पनि दक्ष जनशक्ति, आधुनिक उपकरण र सुविधासम्पन्न भौतिक संरचना विस्तार गरी सर्वसुलभ उपचार सेवा प्रवाह गर्ने लक्ष्य राखिएको गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य