२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको लमहीमा १६ करोडको लगानीमा साना सहरीको पानी

२९ मंसिर २०७२, मंगलवार ०७:५२

सन्तोषकुमार गुप्ता/ मंसिर २९, देउखुरी । १६ करोड ४० लाखको लागतमा लमही साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण सम्पन्न भएको छ । खानेपानी तथा ढल निकास विभाग, दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत सम्पन्न भएको साना सहरी खानेपानी आयोजनाको उद्घाटन गरिएको हो । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सञ्चालनमा ल्याएको आयोजनाको सोमबार उद्घाटन आयोजना ब्यवस्थापन कार्यालयका आयोजना निर्देशक तिरेसप्रसाद खत्रीले गर्नुभयो ।
khanepani

२०६८ फागुन १० गतेवाट आयोजनाको निर्माण कार्य सुरु भएको थियो । आयोजनाको निर्माण कार्य सुरु भएको दुई वर्ष २०७० पुस १६ गते सम्पन्न गर्ने लक्ष्य राखीएको थियो । तर, तत्कालीन समयमा भएका वन्द हड्तालका कारण आयोजनाको निर्माण कार्यको समय लम्वीएको थियो । आयोजनाको निर्माण कार्य २०७२ बैशाख ४ गते सम्पन्न भएको निर्माण कम्पनी सिचुवान चन्द्रा एण्ड वसन्त नागार्जुन जेभीका ईञ्जिनियर तपराज पाठकले जानकारी दिनुभयो । आयोजना सम्पन्न गर्न १६ करोड ४० लाख ४० हजार २८ रुपैयाँ ६४ पैसा खर्च भएको छ ।

जसमा उपभोक्ताको ८२ लाख २ हजार १ रुपैयाँ ४३ पैसा लगानी लागेको छ । नगर विकास कोषले ७ करोड ३८ लाख १८ हजार १२ रुपैयाँ ८९ पैसा ऋण सहयोग गरेको छ । नेपाल सरकारको ८ करोड २० लाख २० हजार १४ रुपैयाँ ३२ पैसा सहयोग गरेको छ । उपभोक्ताको ५ प्रतिशत, नगरविकास कोषको ४५ प्रतिशत ऋण र नेपाल सरकारको ५० प्रतिशत अनुदानमा आयोजना सम्पन्न भएको हो ।

२० वर्ष सम्म वृद्धि हुने जनसंख्यालाई धान्ने गरी आयोजनाको संरचना तयार पारिएको छ । खानेपानीको श्रोत जमिन मुनीको पानी हो । लमही नगरपालीका वडा नं. १० देउपुरमा वोरिङ्ग गाडिएको छ । जमिन मुनीको पानी उपभोक्तालाई वितरण गर्दै आएको छ । ४(लाख लिटर पानी अटाउने क्षमताका २ वटा जमिन मुनीको पानी टंकी, १ लाख ५० हजार लिटर पानी अटाउने ओभरहेड टंकी निर्माण गरिएको छ । पुरानो १ लाख ५० हजार लिटर पानी हटाउने टंकी सहीत जम्मा ११ लाख लिटर पानी अटाउने टंकीवाट पानी वितरण भैरहेको खानेपानी संस्थाले जनाएको छ । दुई हजार २ सय ५१ उपभोक्ताले धारा जडान गरेको छन् ।

लमही नगरपालीकाको वडा नं. ६ को वनगाउँ, वडा नं. ८ को अर्नहवा, चैलाही, शान्तिनगर, वडा नं. ९ को मध्यनगर, लङ्गडी, खैरी, वडा नं. १० को देउपुर, प्रगतीनगर, वड्की र छोड्की मोहरा र वडा नं. ११ को लमही बजारमा खानेपानी संस्थाले पानी वितरण गरीरहेको छ । खानेपानी संस्थाले वोत्तलको पानी विक्रि गर्ने लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले वोत्तलमा पानी विक्रि गर्ने योजना अघि सारेको छ ।‘वोत्तल वन्द पानी’ वितरणको प्रकृया अन्तिम चरणमा पुगेको संस्थाका सचिव तिलक न्यौपानेले प्रस्तुत गर्नु भएको प्रगती प्रतिवेदनमा जनाइएको छ । सहुलीयत दरमा वोत्तलमा पानी प्याक गरी पानी वितरणको लागी मेसीन जडानको काम वाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य