2026-07-26 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुधार गृहबाट २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ

मङ्सिर २१, काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । 

काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । सुधार गृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरका टोलीले त्यसका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । 

परिसरका प्रमुख वसन्त लामाले मदिरा र लागुऔषध दुव्यर्सनमा फसेका व्यक्तिलाई राख्नका लागि खोलिएको सुधार गृहमा सुधार गर्नुभन्दा पनि यातना दिएपछि सञ्चालकलाई पक्राउ गरी त्यहाँ राखिएका व्यक्तिलाई उद्दार गरिएको जानकारी दिनुुभयो । 

“सुधारगृहमा रहेका ३४ व्यक्तिमध्ये १३ जना भागेर प्रहरीको शरणमा आएर आफूले सुधार गृहमा भोग्नुपरेका समस्या राखेपछि र उनीहरुको परिवारले सञ्चालकलाई कारवाही र सुधार गृहमा रहेकालाई उद्धार गरी पाउँ भन्ने निवेदनका आधारमा बाँकी २१ जनालाई बिहीबार उद्धार गरेका हौँ,”उहाँले भन्नुभयो, “उद्धार गरेका सबैलाई परिवारको जिम्मामा समेत लगाइसकिएको छ । 

प्रतिव्यक्ति मासिक रु ३५ हजारका दरले एक वर्षको एकैपटक पैसा लिने र अभिभावकलाई भेट्न नदिई विभिन्न किसिमको शारिरीक तथा मानसिक यातना दिने गरेको अनुसन्धानबाट खुलेको छ, प्रमुख लामाले भन्नुभयो, “अभिभावक गम्भीर नबनेका कारण यस्तो घटना घटेको हो ।” 

पाँच वर्ष पहिला कपनमा सञ्चालमा रहेका उक्त सुधारगृह दुई वर्षदेखि सुकेधारामा सञ्चालित छन् । पक्राउ परेका सञ्चालकलाई अपराध संहिता ऐनको १६८ दफाअनुसार कारबाही गरिने परिसरले जनाएको छ । 

डकैती मुद्दामा फरार अभियुक्त पक्राउ 

यसैगरी महानगरीय अपराध महाशाखाले डकैती मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । 

महाशाखाको टोलीले केही समय अगाडि इटहरीमा रहेको आइएमइका कर्मचारीलाई पेस्तोल देखाएर रु तीन लाख लुटी फरार रहेका इटहरी नगरपालिका सुनसरीका राजन लिम्बूलाई आज दिउँसो धोवीखोला कालोपुलबाट पक्राउ गरेको हो । 

महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कर्तव्य ज्यान र डकैती मुद्दामा फरार रहेका लिम्बूलाई पक्राउ गर्न खोज्दा उनले पेस्तोल देखाएर भाग्न खोजेकाले बाध्यभएर प्रहरीले एक राउण्ड गोली प्रहार गरी नियन्त्रण लिएको जानकारी दिनुभयो । 

लिम्बूको अवस्था सामान्य रहेको र अहिले वीर अस्पतालमा उनको उपचार भइरहेको छ । विभिन्न घटनामा संलग्न लिम्बूको यसअघि महाशाखा र परिसरमा छ वटा उजुरी परेको थियो । सो उजुरीका आधारमा लिम्बूलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ