२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

राष्ट्रिय गौरवको आयोजनाबाट प्रभावित नुवाकोटका बासिन्दाद्वारा विरोध प्रदर्शन

२०७५, २५ मंसिर मंगलवार ०६:४८

मङ्सिर २५, विदुर | राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडकमार्गअन्तर्गत पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीले सोमबार विरोध र्याली निकालेका छन् । 

आयोजनाले सडकमा पर्ने सबै भूभागको मुआब्जा नदिने जनाएपछि प्रभावित नागरिक आन्दोलित भएका हुन् । पिपलटारदेखि ढुङ्गेसम्म सडकमा परेका जग्गाको मुआब्जा निर्धारण हुनसकेको छैन । गत कात्तिक १३ गते पिपलटारवासीले योजनाको निर्माण व्यवसायीले सो क्षेत्रमा गरेको कालोपत्रेको काममा अवरोध गरेर पीडितलाई मुआब्जा निर्धारण गरी वितरण गर्न माग गरेका थिए । सो अवरोधपछि प्रशासनले प्रहरी परिचालन गरी कालोपत्रे गरायो भने पिपलटारदेखि बट्टार, विदुर र ढुङ्गेसम्मका प्रभावितले भेला गरी सङ्घर्ष समिति गठन गरेको संयोजक लीलानाथ न्यौपानेले बताउनुभयो । 


देवीघाटदेखि गल्छीसम्म आयोजना प्रभावितको घरजग्गाको मुआब्जा वितरण शुरु भए पनि पिपलटार–ढुङ्गे सडकखण्डको मुआब्जा दिने प्रक्रिया अघि नबढाइ पेलेर काम गर्न खोजेको स्थानीयवासीको बुझाइ छ । “मुआब्जा दिने भन्दै सडक विस्तार गरेर अहिले मुआब्जा नदिने कुरा आउन थालेको छ । एउटै सडक आयोजनाले कोहीलाई मुआब्जा दिने कोही नदिने ”, समितिका संयोजक न्यौपानेले भन्नुभयो । 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाका प्रमुख सुबोध देवकोटाले पिपलटार–ढुङ्गे मुआब्जा दिने÷नदिने विषयमा कुनै निर्णय नभएको जानकारी दिनुभयो । 

¥यालीपछिको कोणसभामा बोल्दै नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले राष्ट्रिय गौरवको आयोजना भन्दैमा मनोमानी हुन नहुने बताउनुभयो । सर्वोच्च अदालतले फैसला गरी आयोजना निर्माण हुने क्षेत्रका प्रभावित नागरिकलाई मुआब्जा दिन गरेको निर्देशन राज्यले पालना नगरेको बताउनुभयो । विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएको कारण मुआब्जा दिनेबारे योजनाले स्पष्ट जानकारी दिन नसकेपछि स्थानीयवासीले मुआब्जाको माग गर्दै आएका छन् । 

“गङ्गटेदेखि ढुङ्गेसम्म चार लेनको सडक निर्माण हुने भएकाले कतिपयको उठीबाससमेत लाग्ने अवस्था छ । कतै मुआब्जा दिने, कतै नदिने अन्याय हुन्छ, मुआब्जा नदिए धेरै नागरिक घर न घाटको हुने अवस्था छ”, सङ्घर्ष समितिका सदस्य रमेश श्रेष्ठ भन्नुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु