२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा विपन्न परिवारलाई मौरीघार वितरण

२०७५, २९ मंसिर शनिबार ०६:५९

मङ्सिर २९, गोरखा | गोरखाको दुई गाउँपालिकाका विपन्न परिवारलाई मौरीघार वितरण गरिएको छ । असल छिमेकी नेपाल पोखराले जिल्लाको गण्डकी गाउँपालिका र सिरानचोक गाउँपालिकामा गरी १०० परिवारलाई आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले मौरीघार वितरण गरेको हो । 

गण्डकी गाउँपालिका–६ भूम्लिचोकका २५ घरपरिवार, वडा नं ७ र ८ स्थित ध्याल्चोकमा ५० घरपरिवार र सिरानचोक गाउँपालिका वडा नं ७ मा २५ घरपरिवारलाई मौरीघार उपलब्ध गराइएको संस्थाका कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो । 

“विशेषगरी वडाका विपन्न, असाहाय, एकल महिलालाई लक्षित गरी वितरण गरेका हौँ,” कार्यक्रम संयोजक श्रेष्ठले भन्नुभयो,’ “उहाँहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले आर्थिक आर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले मौरीघार वितरण गरिएको हो ।” 

वडाले छनोट गरेका सबै परिवारका एक–एकजना सदस्यलाई संस्थाले तीन दिने मौरीपालनसम्बन्धी तालीम दिएर मौरीपालनका लागि मौरीघार वितरण गरेको उहाँले बताउनुभयो । दुबै गाउँपालिकाको वडा कार्यालयले विपन्न परिवारको पहिचान गरी सहयोगका लागि उनीहरुलाई छनोट गरेको थियो । 

संस्थाले भूकम्पपछिको जीविकोपार्जन तथा स्वास्थ्य कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई सहयोग उपलब्ध गराएको कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो । अधिकांश विपन्न र लोपोन्मुख समुदायको बसोवास रहेको गण्डकी गाउँपालिकाको भूम्लिचोक, ध्याल्चोक र सिरानचोक गाउँपालिकाको श्रीनाथकोटमा असल छिमेकी नेपालले ३०० विपन्न परिवारलाई घर निर्माणमा समेत सहयोग गरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते