२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा राससकर्मीसहित बीस पत्रकार पुरस्कृत

२ पुष २०७५, सोमबार १०:२२

पुस २, दाङ | नेपाल पत्रकार महासङ्घ दाङले २६औँ स्थापना दिवस तथा वाषर््िाक साधारणसभाको अवसरमा आज रासस दाङका प्रमुखसहित विभिन्न पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । 

पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै रासस दाङकी प्रमुख नारायणी रजौरेलाई पत्रकारिता प्रतिभा पुरस्कार २०७५ ले सम्मान गरेको हो । रजौरेलाई नगर रु १० हजार र कदरपत्रले पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियासनले एक कार्यक्रमकाबीच सम्मान गर्नुभएको हो । 

त्यसैगरी रासस घोराही समाचारदाता रीता लामालाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट नगद रु पाँच हजार र कदरपत्रसहित सम्मान गरिएको छ । पत्रकारिता क्षेत्रमा योगदान पुरस्कारबाट पत्रकार रामप्रसाद पौडेल, ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार गोपाल शर्मा भट्टराई, जीतेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार विमल गौतम, दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार अमरराज आचार्य, लोककुमारी स्मृति पत्रकारिता पुरस्कार युगराज पोख्रल, नदीन स्मृति पत्रकारिता पुरस्कार इन्द्र विवश डिसी, नारायणी स्मृति पत्रकारिता पुरस्कार देवी भण्डारी र फोटो पत्रकारिता पुरस्कार कुलदीप न्यौपानेलाई प्रदान गरीएको छ । 

यस्तै कार्यक्रममा महिला सिर्जनशील पत्रकारिता पुरस्कार विमला घर्ती, पत्रकारिता प्रोत्साहन पुरस्कार आभाष बुढाथोकी, ओमप्रकाश गुप्ता, दीपक जिएम, विकास डाँगी, कवि–गोकुल स्मृति पत्रकारिता पुरस्कार जीवन नेपाली, रोशन स्मृति पत्रकारिता पुरस्कार पुरन शर्मालाई प्रदान गरिएको हो ।

त्यसैगरी पण्डित लीलाकण्ठ मरहट्ठा पत्रकारिता पुरस्कार विमल योगी, विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार सुरेश सुमन डाँगी, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार विवेक खड्कालाई प्रदान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ